काठमाडौं । क्रेमलिनले रुसले जोड्न चाहेको युक्रेन र बाँकी युक्रेनी क्षेत्र बीचको सीमा स्पष्ट पार्न आवश्यक रहेको जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, "डोनेट्स्क र लुगान्स्क जन गणतन्त्रलाई रूसले सन् २०१४ मा आप्नो सीमा भित्र मान्यता दिएको छ। उनले भने- खेरसन र जापोरिझिया क्षेत्रहरूको हकमा अझै स्पष्ट पार्न आवश्यक रहेको छ ।

झलारी बजारका घर उच्च जोखिममा
शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेका घरहरु सनवोरा नदीको उच्च जोखिममा परेका छन् । नदी गहिरो भएर बग्न थालेपछि बजार क्षेत्रका ४० भन्दा बढी घरहरु जोखिमा परेका हुन् । घरहरु धस्न थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित अवस्थमा रहेका छन् ।

तीन दशकदेखि झलारी बजारमा बस्दै आएका सुरेन्द्र पाल्पालीले रु ३० लाख खर्च गरी निर्माण गरिएको घर धस्न थालेपछि निकै तनावमा रहेको बताउनुभयो । “घर निर्माण गरेको धेरै वर्ष भयो,” उहाँले भन्नुभयो, “यसअघि केही भएको थिएन, असोज पहिलो साता आएको नदीको बाढीले गहिरो गल्छी बनाएर बग्न थालेपछि घर धसेको छ, बस्नका लागि जोखिम छ, सामान्य पानी परे पनि घर ढल्ने अवस्थमा पुगेको छ ।”

सम्पत्तिका रुपमा एक मात्रै घर रहेको उल्लेख गर्दै उहाँले घर नै ढलेपछि परिवार कहाँ लगेर राख्ने भन्ने पीरलो रहेको बताउनुभयो । पाल्पाली झलारी बजारमा रहेको घरमा सिलाइ पसल सञ्चालन गर्दै आउनुभएको छ । यस व्यवसायबाटै उहाँको परिवारको गुजारा चल्दै आएको छ । “नदी नियन्त्रणका लागि एक दशकअघि देखि विभिन्न सरकारी र गैरसरकारी निकाय गुहार्दै आएका हौँ”, प्रेम सिंह कठायतले भन्नुभयो, “कुनै पनि निकायबाट बजार क्षेत्र जोगाउनका लागि प्रयास हुन सकेको छैन ।”

उहाँका अनुसार बजार क्षेत्रमा एकदेखि तीनतले सम्मका घरहरु नदी छेउमै बनेका छन् । नदी छेउमा बनेका सबै घरहरु जोखिममा रहेका छन् । पूर्व पश्चिम राजमार्गको नदीको पुलदेखि उत्तरतर्फका पाँच सय मिटरको दायरामा रहेका घरहरुमध्ये केही घरहरु धसेको र जमिन फाटेर चिरा परेको छ । सामान्य पानी परे पनि चिरा परेको ठाउँमा पहिरो गई घरहरु भत्कने खतरा रहेको छ ।

“घरहरु जोगाउनका लागि बलियो तटबन्धको आवश्यकता छ”, टेकबहादुर साहुले भन्नुभयो, “पुराना निर्माण गरिएका तटबन्ध नदीले बगाइसक्यो, नदी गहिरो भएर बग्दा बजारतर्फ कटान गर्न थालेको छ, नयाँ तटबन्ध निर्माण नभए झलारीको आधा बजारका घरहरु भत्किन्छन् ।”

सामान्य तटबन्धले नदी नियन्त्रण गर्न नसकिने भएकाले दीर्घकालीन योजना बनाई नदी नियन्त्रणका लागि प्रयास गरिनुपर्ने उहाँले बताउनुभयो ।

नदीको पुरानो बहाव क्षेत्र थोरै मात्र गहिरो रहेको थियो । हाल नदी दुई फिट गहिरो भएर बग्न थालेको छ ।
नगरप्रमुख रणबहादुर महरा नदी नियन्त्रणका लागि सम्बन्धित निकायमा पत्राचार गरिसकेको बताउनुहुन्छ । “बजार क्षेत्रमा रहेका घरहरु धस्न थालेको खबर पाएपछि त्यस क्षेत्रको अनुगमन गरेका छौँ”, उहाँले भन्नुभयो, “घर धसेका र जमिनमा चिरा परेको छ, बजार क्षेत्र जोगाउनका लागि प्रयासरत छौँ ।”

नगरपालिकाका इन्जिनियर दीपक धामीले नदी किनाराबाट २० मिटर टाढा घरहरु निर्माण गर्नुपर्ने नियम रहे पनि झलारी बजार क्षेत्रका घरहरु नियम विपरीत निर्माण गरिएको अवस्थामा रहेको बताउनुभयो । “नदीको किनारामै घरहरु निर्माण गरिएपछि धस्नु स्वाभाविक नै हो”, उहाँले भन्नुभयो, “माटो भरान गरेर बनाइएका घरहरु धस्नबाट बचाउन तटबन्ध निर्माण गरेर सकिँदैन ।”

जमिनमा चिरा परेको ठाउँमा पानी पस्न नदिएपछि मात्रै घरहरुलाई जोगाउन सकिने उहाँले बताउनुभयो । “तटबन्धले कटान भइरहेको जग्गा मात्रै बचाउन सकिने हो”, उहाँले भन्नुभयो, “चिरा परेर जमिन धस्नबाट जोगाउन सकिँदैन ।”

झलारी बजारका बासिन्दाहरुले नदीबाट घरहरु जोगाउनका लागि पहल गरिदिनका लागि आग्रह गरेका छन् । नदीको बहाव क्षेत्रलाई नै असर पर्ने गरीसमेत नयाँ घरहरु निर्माण भइरहेकामा त्यो कार्य नगरपालिकाले रोक्नुपर्ने स्थानीयको भनाइ छ । रासस

 

 

सम्बन्धित खबरहरु