काठमाडौं । भारतको उत्तर प्रदेशको नोएडाको सेक्टर ३ मा रहेको कल सेन्टरमा शुक्रबार आगलागी भएको छ । सो अगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।

प्रमुख अग्नि नियन्त्रकका अनुसार नोएडाको एक भवनमा बिहान ७.४५ बजे आगलागी भएको थियो र समयमै घटनास्थलमा पुगेका थुप्रै दमकलहरूले फसेका मानिसहरूलाई उद्धार गर्न सफल भएका थिए।

कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील कुमार सिंहले आगलागीमा परेका करिब पाँच जनालाई पछि सकुशल उद्धार गरिएको र सो क्षेत्रलाई तुरुन्तै धुवामुक्त गरिएको थियो जसबाट सम्भावित ठुलो क्षति भने हुन पाएन।आगलागीको कारण भने खुल्न सकेको छैन ।

रुसले दाबी गरेको युक्रेनको चार भूभागलाई बेलायतले ‘कहिल्यै स्वीकार गर्दैन’ ः प्रधानमन्त्री
प्रधानमन्त्री लिज ट्रसले शुक्रबार भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको आरोप लगाउनु भएको छ ।रुसले युक्रेनी कब्जामा रहेका चारवटा भूभाग औपचारिक रूपमा गाभ्ने तयारी गरिरहेको यस अवस्थामा ट्रसले सो कुरा बताउनु भएको छ ।

ट्रसले रुसी नेताको ‘प्रतिनिधित्व भएको दाबी गर्ने युक्रेनी जनताको जीवनप्रति स्पष्ट बेवास्ता गरेको’ भन्दै आलोचना गर्नुभएको छ । ‘बेलायतले ती मानिसहरुको सार्वभौम इच्छालाई कहिल्यै बेवास्ता गर्दैन र हामी डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिज्जिया क्षेत्रहरुलाई युक्रेनी क्षेत्र बाहेक अरू कुनै कुराको रूपमा स्वीकार गर्दैनौं,’ उहाँँले थप जानकारी दिनु भएको छ । रासस

 

 

सम्बन्धित खबरहरु