अंग्रेजी महिना (अक्टोबर) सुरु भएको छ । हामी अंग्रेजी अक्टोबर महिनाको मासिक राशिफल प्रस्तुत गर्दैछौ । यो महिना केही राशिका लागि भाग्यशाली सावित हुने समय आएको छ भने केही राशिका लागि अति नै अशुभ समय छ । कसको भाग्य चम्किदैछ र कसका लागि अशुभ भएका कारण सावधानी अपनाउँनुपर्छ । जान्नुहोस् तलको राशिफल पढ्नुहोस् ।
मेष – दौडधुप बढ्नेछ । आमाको साथ र सहयोग प्राप्त हुनेछ । कुराकानीमा संयमित रहनुहोस्। बोलीमा कठोरताको अनुभूति हुनेछ । संचित धनमा कमी आउन सक्छ। प्रतिस्पर्धात्मक परीक्षा र अन्तर्वार्ता आदिले सुखद नतिजा दिनेछ।
वृष – पारिवारिक सहयोग मिल्नेछ । व्यापारमा सुधार आउनेछ । लाभको अवसर मिल्नेछ । जागिरमा परिवर्तनको सम्भावना छ यहाँ प्रगतिको सम्भावना छ । आम्दानी बढ्नेछ, कपडा आदिमा खर्च बढ्न सक्छ। धैर्यता कम हुन सक्छ, भावनाहरू नियन्त्रणमा राख्नुहोस्। पारिवारिक जिम्मेवारी बढ्न सक्छ।
मिथुन – कामको बोझ बढ्न सक्छ। सम्पत्तिबाट आम्दानी बढ्नेछ । आमाबाट धन प्राप्त हुनेछ। कला संगीतमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा परिवर्तनको सम्भावना छ । स्थान परिवर्तनको पनि सम्भावना छ । सन्तानबाट शुभ समाचार पाउन सकिनेछ ।
कर्कट – शैक्षिक कार्यमा सफलता मिल्नेछ । बच्चाको स्वास्थ्यको ख्याल गर्नुहोला। आत्मविश्वास बढ्नेछ । परिवारमा धार्मिक कार्य हुनेछ। सन्तान सुखमा बृद्धि हुनेछ । क्रोधको अति बाट बच्नुहोला । उच्च शिक्षा र अनुसन्धान आदिका लागि वैदेशिक रोजगारीको सम्भावना छ । कार्यक्षेत्रमा परिवर्तनको सम्भावना रहेको छ ।
सिंह– माताको संगत मिल्नेछ। सुखको जीवन विस्तार हुनेछ, आमा बुबाको सहयोग प्राप्त हुनेछ। कपडा आदिप्रति झुकाव बढ्नेछ । संचित धनमा कमी आउन सक्छ। पढाइमा रुचि बढ्नेछ । शैक्षिक कार्यको सुखद परिणाम मिल्नेछ, सन्तानको खुसीमा वृद्धि हुनेछ। आम्दानीमा कमी र खर्च बढ्न सक्ने देखिन्छ। आफ्नो भावनालाई नियन्त्रणमा राख्नुहोस्, स्वभावमा चिडचिडापन हुनेछ।
कन्या – मित्रको सहयोग पनि मिल्नेछ। थप दौडधुप हुनेछ। श्रम पनि बढ्नेछ । स्वभावमा चिडचिडापन हुनेछ तर आत्मबल बढ्नेछ। काममा जोश र जाँगर रहनेछ । कार्यक्षेत्रमा विस्तार हुनसक्छ । अधिकारीहरूको सहयोग रहनेछ, कार्यस्थलमा धेरै मिहिनेत हुनेछ।
तुला – साथीभाइको सहयोगले आम्दानीको साधन बन्न सक्छ । मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ, तर कुराकानीमा संयमित रहनुहोस्, क्रोधको अत्याधिकताबाट टाढा रहनुहोस्। शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ, अनुसन्धान आदिका लागि अन्य ठाउँमा जानु पर्नेछ। नोकरीमा अधिकारीको सहयोग मिल्नेछ, स्थान परिवर्तन हुनसक्छ। बोलीमा कठोरताको भाव रहनेछ, कुराकानीमा संयमित रहनुहोस्।
वृश्चिक – शैक्षिक कार्यले सुखद परिणाम दिनेछ। संयमित हुनुहोस् अनावश्यक झगडा आदिबाट टाढा रहनुहोस्। स्वास्थ्यमा पनि सचेत हुनुहोस्। नोकरीमा अधिकारीको सहयोग मिल्नेछ, दौडधुप बढ्नेछ। शैक्षिक कार्यमा अवरोध आउन सक्छ। आफ्ना भावनाहरू नियन्त्रण गर्नुहोस्, आत्मसंयम राख्नुहोस्। सन्तानबाट शुभ समाचार पाउन सकिनेछ ।
धनु – परिवारमा धार्मिक कार्य हुनेछ । परिवारमा सुख शान्ति छाउनेछ। जागिरमा स्थान परिवर्तनको सम्भावना छ । इच्छाविपरीत केही नयाँ काम गर्न सकिनेछ । कार्यक्षेत्रमा धेरै मिहिनेत हुनेछ । धर्मप्रति श्रद्धा रहनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ। कला संगीतमा रुचि बढ्नेछ।
मकर – आमाको स्वास्थ्यको ख्याल गर्नुहोला। शैक्षिक कार्यमा सफलता मिल्नेछ । कार्यक्षेत्रमा परिवर्तनको सम्भावना छ । सन्तानबाट शुभ समाचार पाउन सकिनेछ । कपडा तथा गरगहनामा रुचि बढ्नेछ । स्वास्थ्यमा सजग रहनुहोस्, पुरानो साथीसँग भेट हुन सक्छ। आफुलाई शान्त राख्नुहोस, बोलीमा कोमलता राख्नुहोस, परिवारमा हाँसो र खुशीको वातावरण रहनेछ।
कुम्भ – बाबुको सहयोग मिल्नेछ । व्यापारमा कठिनाइ आउन सक्छ। साथीभाइको सहयोग प्राप्त हुनेछ । मनमा शान्ति मिल्नेछ तर असन्तुष्टि पनि रहनेछ। परिवारमा सुख– शान्ति छाउनेछ, शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। परिवारकी महिलाबाट धन प्राप्तिको सम्भावना छ, दाजुभाइसँग मनमुटाव हुन सक्छ।
मीन – शैक्षिक कार्यबाट सुखद परिणाम प्राप्त हुनेछ। परिवारमा सुख शान्ति छाउनेछ। भावनालाई नियन्त्रणमा राख्नुहोस्, आमाबाट धन प्राप्तिको सम्भावना छ। दाम्पत्य सुखमा वृद्धि हुनेछ । साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। आम्दानी बढ्नेछ, तर अन्य ठाउँमा सर्नु पर्न सक्छ।