काठमाडौं । हाम्रो समाजमा सोच्नै नसकिने अपराध भइरहेका छन् । जसले मानवीय भावना नै विचलित हुने गर्दछ । भारतको पलामुस्थित सतबरवाको बकोरिया पञ्चायतमा रहेको भलुआही उपत्यकाकी २२ वर्षीया युवतीलाई ६ जनाले अपहरण गरी सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

घटना शनिबार राति भएको हो । प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । महिलाको अवस्था भने नाजुक रहेको छ । पीडितलाई स्वास्थ्य परीक्षणका लागि मेदिनीनगर पठाइएको छ । पक्राउ परेका दुई जनाको नाम बकोरियाका भोलाराम र धर्मेन्द्र राम रहेका छन् ।

महिलाको श्रीमानको घर पाटन क्षेत्रमा रहेको प्रहरीले जनाएको छ । ससुरासँग रिसाएर उनी पैदलै लातेहारस्थित मामाघर जाँदै थिइन् । युवतीको खोजी गर्दा ससुराले तुम्बागडा नजिकै समातेका थिए । तर ती महिलाले आफ्नो घर फर्किन मानिन् । यसपछि ससुराले श्रीमानलाई सँगै जान आग्रह गरे । महिलाका श्रीमानले जेठानलाई बोलाए । तीनैजना मोटरसाइकल लिएर हिड्न थाले ।

बाटोमा अपहरणकारीले तीनै जनालाई समातेर मोटरसाइकल र मोबाइल लुटेका थिए । त्यसपछि महिलालाई अपहरण गरी भलुआही टोङ्ग्रीमा लगेर चार घण्टासम्म बलात्कार गरेका थिए । बलात्कारपछि आरोपीले पीडितलाई मोटरसाइकलमा अर्कै ठाउँमा लैजान थाले । यसैबीच साधवाडीमा गाडी आउँदै गरेको देखेर ती महिला चिच्याइन् ।

जसका कारण ती व्यक्तिको मोटरसाइकल अनियन्त्रित भई कारसँग ठोक्कियो । गाउँलेहरूले दुई जना अपराधिलाई पक्रेर मनिका प्रहरी चौकीमा बुझाएका छन् । अर्को मोटरसाइकलमा चारजना सवार थिए । यसमा उनले पीडितका श्रीमानलाई बाइकमा बसाएर राखेका थिए ।

 

सम्बन्धित खबरहरु