पोखरा, १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुपहिचानमूलक संघीयतामा जाने निर्णय पार्टीको घोषणापत्रमा राख्नु बाध्यता भएको बताएका छन्। ‘कहिलेकाही अप्ठेरो परिस्थितिमा अप्ठेरो कबुल गरिन्छ,’ आइतबार पोखराका सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले भनेे, ‘त्यो माओवादीले पहिचान भनेर उत्पात मच्चाएको बेलाको कुरा हो।’ नागरिक दैनिकमा समाचार छ ।
उनले जंगलमा एक्लै हिँडिरहेका बेला कसैले पेस्तोल देखाएर ‘ह्यान्डस्अप’ भन्दा हात उठाएजस्तै गरी बहुपहिचानलाई मान्छौं भनेर घोषणापत्रमा राखेको बताए।
‘बहुपहिचान भनेर हामी जातीय राज्य मान्दैनौं,’ ओलीले भने, ‘देशभरका सयभन्दा बढी जातजातिको पहिचान मान्ने गरी संविधान दिन्छौं र सबैलाई समान अधिकार सुनिश्चित गर्छाैं।’
जातीय राज्य बनाएर कबिला युगमा फर्कने पक्षमा नभइ समृद्ध लोकतान्त्रिक नेपालको यात्रामा आफूहरु रहेको उनले बताए। जातीय आधारमा राज्य बिभाजन गर्दा बाहिरी हस्तक्षेपबिना नै नेपाल नाइजेरिया र रुवान्डाजस्तो गृहयुद्धमा फस्ने उनको भनाइ थियो।