काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको क्रम आजदेखि सुरु भएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार यही असोज २० गतेभित्र सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसक्ने छन् ।

घरैपिच्छे धारा र शौचालय
मनकुमारी दनुवारले आफ्नो जीवनको ५० वसन्त भालेको डाकोसँगै पानी लिन खोलामा पुगेर बिताउनुभयो । तर हिजोआज भने उहाँलाई पानीको कुनै चिन्ता छैन । जतिबेला चाहिन्छ, उति बेला घरको आँगनमा भएको धारामा गएर पानी थाप्नुहुन्छ उहाँ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको दनुवार बस्तीको जीवनशैली अचेल यही कारणाले फेरिएको छ । त्यहाँको प्रत्येक घरमा खानेपानी, शौचालय र धुँवा रहित चुल्हो बनाउने लहर चलेको छ । मेलम्ची नगरपालिकाको कारण यो सम्भव भएको हो ।
एक सय २० घरधुरीमा खानेपानीको धारासँगै शौचालय पनि बनाइएपछि गाउँमा सरसफाइ पनि भएको छ ।

कालू दनुवार भन्नुहुन्छ, “हाम्रो त सपना पूरा भएको छ”, उहाँले खुसी पोख्नुभयो, “म यहीँ गाउँमा हुर्किया हुँ, यस्तो होला भनेर त सोचेको पनि थिइन् । सपना जस्तै भयो ।” खानेपानीवाट सुरु भएको अभियान, बाटो–घाटो सरसफाइ गर्न होस् या पहिरो रोकथाममा पनि विस्तार भएको छ । “अब शिक्षा, स्वास्थ्य, चेतना जागरण हुँदै सिङ्गो बस्ती परिवर्तनको लागि सामूहिक प्रयास सुरु गरिनेछ”, मेलम्ची नगर उपप्रमुख उमा प्रधानले बताउनुभयो । रासस

 

 

 

सम्बन्धित खबरहरु