काठमाडौं । रूसको ग्याजप्रोमले अस्ट्रियामा यातायात समस्या भएको भन्दै इटालीको एनीमा गर्दै आएको ग्यास आपूर्ति स्थगन गरेको इटालियन ऊर्जा कम्पनीले शनिबार जनाएको छ ।

“ग्याजप्रोमले हामीलाई अस्ट्रियामार्फत ग्याँस ढुवानीको असम्भवतालाई उद्धृत गर्दै आजका लागि माग गरिएको ग्यासको आपुर्ति गर्न असम्भब भएको बताएको छ,” एनीको स्थानीय प्रशासनद्वारा जारी एक विज्ञप्तिमा जनाएको छ ।

“फलस्वरूप, टार्भिसियो प्रवेश बिन्दु हुँदै एनीमा जाने रुसी ग्यास प्रवाह शून्य हुनेछ,” विज्ञप्तिमा भनिएको छ ।

इटालीमा वितरण गरिएको अधिकांश रूसी ग्याँस ट्रान्स अस्ट्रिया ग्यास पाइपलाइन (ट्याग) मार्फत युक्रेन हुँदै अस्ट्रियाको सीमामा उत्तरी इटालीको टार्भिसियोमा जान्छ ।

युक्रेनमा युद्ध हुनुअघि इटालीले आफूले खपत गर्ने ग्यासको ९५ प्रतिशत आयात गरेको थियो ।

निवर्तमान प्रधानमन्त्री मारियो ड्राघीले रूसमा इटालीको निर्भरता घटाउन अन्य ग्यास उत्पादकहरूसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । एनीका लागि हुँने ग्यास आपुर्ति जूनमा २५ प्रतिशतमा झरेको छ । प्रशासनले रूसी ग्यासको विकल्पमा नवीकरणीय ऊर्जातर्फको परिवर्तनलाई गति दिएको छ । रासस

 

 

सम्बन्धित खबरहरु