काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाहेकका अन्य स्थानमा ‘मनिचेन्जर’को नयाँ इजाजत बन्द गरिएको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी अर्को व्यवस्था नभएसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका स्थानमा मनिचेन्जरको नयाँ इजाजत प्रदान गने सम्बन्धी कार्य बन्द गरिएको जनाएको छ ।

विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन गरिएको हो ।

शान्ति सन्देश सार्वजनिक
मानवअधिकार तथा शान्ति समाजको २५औँ स्थापना दिवसका सन्दर्भमा शान्ति समाज काठमाडौँ शाखाले प्रकाशन गरेको शान्ति सन्देश स्मारिका विमोचन गरिएको छ ।

अहिंसा दिवसका अवसर पारेर आयोजना गरिएको स्मारिका विमोचन कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडीले संसारभर आर्थिक मन्दी बढ्नुलाई खतराको सङ्केतका रूपमा लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर फुँयाल, प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका पूर्व नगरप्रमुख सन्तोष चालिसे, कागेश्वरी मनोहरा नगरपालिकाका पूर्व नगर उपप्रमुख बिन्दु पुडासैनी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, शान्ति समाज काठमाडौँ शाखाका पूर्व सभापति कोमल लामिछाने, इष्टपोल माविका प्रधानाध्यापक राजेश राई, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष नवराज लामा तथा शान्ति समाजका केन्द्रीय सदस्य किरण ढकाल, समाजका जिल्ला सभापति भगवान पुडासैनीलगायतले समाजले शान्ति एवं मानवअधिकारका क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

ज्येष्ठ नागरिकलाई सहयोग

यसैबीच शान्ति समाज काठमाडौँ शाखाले अन्तर्राष्ट्रिय ज्येष्ठ नारिक दिवसका अवसरमा शनिबार टौदहस्थित निजानन्द आश्रममा आश्रयरत वृृद्धवृृद्धाका लागि आवश्यक खाद्यान्नलगायत हर्लिक्स, फलफूलसमेत उपलब्ध गराएको छ । सो अवसरमा रु २७ हजार मूल्य बराबरको खाद्य सामग्री उपलब्ध गराइएको थियो । रासस

सम्बन्धित खबरहरु