काठमाडौं । सांस्कृतिक पर्वले एकता पैदा गर्ने अध्यक्ष दाहालको विश्वासनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषा, संस्कृति र सभ्यताको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु सबैको दायित्व भएको बताउनुभएको छ । दसैँ, तिहार, छठ, नेपाल संवत्, ल्होसारलगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उहाँले हाम्रा सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सांस्कृतिक पर्वको शृङ्खलाभित्र अब हामी प्रादेशिक र सङ्घीय निर्वाचनको सङ्घारमा रहेको जनाउँदै अध्यक्ष दाहालले आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, सङ्घीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउन अपिल गर्नुभएको छ । सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ । दसैँकै मुखमा अस्थायी पुलले ल्याएको खुसी
सिन्धुपाल्चोक, १६ असोज (रासस) “यो वर्ष त दसैँंले भन्दा पनि नदीमा ह्युम पाइप राखेर यातायात सञ्चालन हुँदा बढी खुसी लाग्यो ।

अब त मेलम्चीवासीलाई हिँदमा मात्रै भएपनि आउजाउ गर्न पनि सहज भयो । ”, मेलम्ची ९ का राजु पुरीले भन्नुभयो । बिरामी पर्दा र छिटो पुगेर आउनुपर्ने अवस्थामा वर्षायाममा धेरै धेरै सकस भएको थियो, गाउँमा दैनिक एक सय २० लिटर दूध सङ्कलन गरेर मेलम्ची बजारसम्म ल्याउने गर्दै उहाँले बताउनुभयोे । अस्थायी पुल बनेपछि मेलम्ची पारी रामपुर बेँशीबाट बोक्नुपर्ने समस्या केही समय भए पनि हटेको छ । गाडी प्रयोग गर्दा बाहुनेपाटी घुमेर आउनुपर्दा ा समय पनि बढी लाग्ने पुरीले बताउनुभयो ।

जम्माजम्मी नौ महिनामात्र यातायात आवतजावतमा सहज हुने अस्थायी पुल (ह्युम पाइप) बनाउँदा नागरिकमा राहतको महसुस भएको छ । दैनिकजसो बजार आउजाउ गर्नुपर्नेका लागि सहज भएको छ । मेलम्ची नगरपालिका–९ र १० मा उत्पादन भएको तरकारी, फलफूल, दूध र मासुका लागि पशुपन्छी बजारसम्म ल्याउन सहज भएको छ । यस्तै पाँचपोखरी थाङपाल गाउँपालिका र ईन्द्रावती गाउँपालिकाका नागरिकलाई त्यहाँबाट बजारसम्म आउजाउ गर्न सहज भएको छ । घुमेर बाहुनेपाटीको बाटो प्रयोग गर्नुपर्ने समस्या हटेपछि मेलम्ची बजारमा पनि चहलपहल बढेको छ ।

“गाउँमा सानो किराना पसल छ । वर्षायाममा त जसोतसो गरेर मात्र चलाइयो । यो बीचको समय त धेरै कष्ठ गरेर सामान ल्याइयो बोकेर पुल तार्नुपर्ने, नबोकौँ भने बाहुनेपाटी घुमेर आउनुपथ्र्यो तर अहिले त दसँैं आएको भन्दा पनि बढी खुसी लागेको छ मलाई त” पाँचपोखरी थाङपाल गाउँपालिका रवीन थापाको भनाइ थियो । उहाँजस्ता गाउँमा किराना पसल चलाउने, दूध सङ्कलन गरेर बजारमा ल्याउने, तरकारी उत्पादन गर्ने सबैलाई बजारसम्मको पहुँच सहज भएको छ ।

खोलामा पानीको सतह बढेपछि असार महिनामा अस्थायीरुपमा बनाइएको पुल बगाएपछि साना गाडी प्नि मारमा परेका थिए । तीन महिनाजती गाडी नै घरमा लगेर राख्नु परेको मेलम्ची– ९ का रामकृष्ण धितालले बताउनुभयो । दसँैंको मुखैमा खोलामा ह्युम पाइप राखेर अस्थायी रुपमा बनाइएको पुलले खुसी दिएको र तीन महिनासम्म थन्क्याइएको गाडी बल्ल गुड्न पाएको उहाँले बताउनुभयो ।

गाउँमा सङ्कलन हुने दूध, तरकारी तथा खसीबोका बोकेर दैनिक बजार आउने गाडी वर्षायामको तीन महिनामा त गाउँमा कोही बिरामी परे अस्पतालसम्म लैजाने र कहीकाहीँ अत्यावश्यक काम परे मात्र घुमेर बजारसम्म गएको चालक धितालको भनाइ थियोे । उहाँजस्ता साना ट्रक चलाउनेहरुले पनि असार, साउन र भदौ महिनासम्मा आफ्ना सवारी साधन थन्क्याएर राखेका थिए ।

गत वर्षको बाढीले पक्की पुल बगाएकाले मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ । विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो । यातायात सञ्चालन नहुँदा पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा ङेमा तामाङले वर्षाको तीन महिनासम्म जोहो गरेको सामानले छाक टार्नुभएकामा अहिले अस्थायी पुल बने पछि सहजै सामान लैजान सकिनेमा उहाँ ढुक्क हुनुभएको छ ।

मेलम्ची नगरपालिकाले दसँैंलाई लक्ष्य गरेर मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि आवतजावतमा सहज भएको छ । नगरपालिकाले वडा नं ११ फट्टेस्थित मेलम्ची खोलामा पुरानो मोटरेबेल पुल भएको ठाउँमा अस्थायी पुल बनाएको हो । ईन्द्रावती खोलामा पाँचपोखरी र इन्द्रावती जाने ठाउँमा पनि अस्थायी पुल सञ्चालनमा ल्याइएको छ । फट्टेस्थित मेलम्ची खोलामा बनेको पुलले हेलम्बु, मेलम्ची र पाँचपोखरीका नागरिकलाई यातायातको पहुँचमा सहज तुल्याएको छ भने ईन्द्रावती खोलामा बनेको अस्थायी पुलबाट पाँचपोखरी, ईन्द्रावती र मेलम्चीका वासिन्दालाई सुविधा पुगेको छ । रासस

सम्बन्धित खबरहरु