काठमाडौं । राष्ट्रिय राजधानी दिल्लीको एक जेलमा एक महिला डाक्टरलाई बलात्कारको प्रयास गरेको घटना बाहिर आएको छ । कारागारमा रहेका अपराधीहरु पनि सुध्रिने नाम लिइरहेका छैनन् भन्ने यो घटनाले देखाएको छ ।

यहाँको मण्डोली कारागारमा कैदीले महिला डाक्टरलाई बलात्कारको प्रयास गरेका छन् । यो घटना सोमबारको बताइएको छ । यो कुरा बाहिर आएपछि जेल प्रशासनमा हलचल मच्चिएको छ ।

डाक्टरलाई चोट लाग्यो
जानकारी अनुसार कैदीको स्वास्थ्य परीक्षण गर्न मण्डोली कारागारमा महिला चिकित्सक गएकी थिइन् । यसै क्रममा अभियुक्त कैदी महिलाको शौचालयमा गएर महिला डाक्टरलाई जबरजस्ती गर्न थाले । डाक्टरले यसको विरोध गरिन् र हल्ला गर्न थालिन् । आवाज निकालेर भाग्ने क्रममा उनी पनि लडेर घाइते भएकी थिइन् ।

महिला वाशरूममा लुकेर बसेकी थिइन्
जबरजस्ती गर्ने कैदीको नाम सुब्रत पिल्लई रहेको बताइएको छ । उनी तीस वर्षका छन् । महिला डाक्टरले प्रहरी चौकीमा उजुरी दिएकी छिन् । महिला डाक्टरले कैदीको चेकअप गरिरहेकै बेला एक कैदी टेस्ट गराउने बहानामा आएर महिला वाशरूममा लुकेर बसेको बताइएको छ । जब डाक्टर महिला शौचालयमा छिरिन् । उसले त्यही जबरजस्ती गर्न खोज्यो । चिच्याएको सुनेर कारागारका कर्मचारी त्यहाँ पुगे । त्यसपछि अभियुक्त पक्राउ परेका छन् ।

मार्न खोज्यो
महिला डाक्टरले विरोध गर्दा उनले मार्ने प्रयास समेत गरेको अनुसन्धानमा खुलेको छ । बलात्कार मुद्दामा नै अभियुक्त जेल परेका थिए । प्रहरीले थप कानूनी कारबाहीका लागि अनुशन्धान गरिरहेको बताइएको छ । यस्ता घटना हुन नदिन कारागार प्रशासनले सुरक्षा व्यवस्था बढाएको छ ।

सम्बन्धित खबरहरु