काठमाडौं । नवरात्रिमा कपूरको उपाय निकै लाभदायक मानिन्छ । देवीको पूजा गर्नु बाहेक कपूरको धुपले मानिसको हरेक समस्यालाई हटाउँछ। आउनुहोस् जानौं नवरात्रिमा कपूरको प्रयोग कसरी गर्ने जान्नुहोस् ।

अशुभ काम बन्नेछ : लाख प्रयास गर्दा पनि काममा सफलता मिल्दैन, कुनै बाधा परेमा नवरात्रिमा चाँदीको भाँडोमा कपूर र ल्वागं जलाएर घरभर घुमाउनुहोस् । यसले सबै बाधाहरू हट्ने विश्वास छ।

गरिब पनि धनी हुने : नवरात्रिमा कपूरले माताको आरती गर्नु निकै फलदायी मानिन्छ। नौ दिनसम्म बिहानै घरमा कपूर घुमाउनुहोस् र लक्ष्मीको आरती गर्नुहोस्। यसबाट गरिब पनि धनी हुने जनविश्वास छ ।

अड्किएको धन प्राप्ति : हातमा पैसा छैन, अनावश्यक खर्च भइरहेको छ वा लामो समयसम्म पैसा अड्किएको छ । भने नवरात्रिमा गुलाबको फूलमा कपूर जलाएर माता दुर्गालाई अर्पण गर्नुहोस्। यसो गर्दा धन सम्बन्धी समस्याको अन्त्य हुनेछ र आर्थिक स्थिति बलियो हुनेछ।

रोग नाश हुनेछ : यदि तपाईलाई गम्भीर रोगले घेरेको छ भने उपचार गरेर पनि सकारात्मक नतिजा नदेखेमा पानीमा दुई थोपा कपूरको तेल मिसाएर नुहाउनुस् । भनिन्छ कि यसले शरीर सफा गर्छ, नकारात्मक ऊर्जा हटाउँछ र बिस्तारै रोग समाप्त हुन थाल्छ।

वास्तुदोष : घरमा वास्तुदोषका कारण घरपरिवारमा तनाव उत्पन्न हुन्छ । दिनहुँ झगडा हुन्छ, श्रीमान्–श्रीमतीबीच कटुता उत्पन्न हुन्छ । यसबाट छुटकारा पाउन घरको चार कुनामा कपूरको टुक्रा राख्नुहोस्। यो पग्लिँदा घरमा रहेको नकारात्मक उर्जा समाप्त हुन्छ र सकारात्मक उर्जा संचारित हुन्छ ।

सम्बन्धित खबरहरु