संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वमा शान्ति र सद्भाव कायम गर्नका लागि विश्वका सबै व्यक्ति तथा समुदायसँग आग्रह गर्नुभएको छ । विश्व अहिंसा दिवसका अवसरमा आइतबार दिनुभएको एक सन्देशमा उहाँले विश्वमा शान्ति सद्भाव एवं पारस्पारिक सम्मानका लागि विश्व समुदायसँग आग्रह गर्नुभएको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेसले भन्नुभएको छ– विश्व अहिंसा दिवस अहिंसावादी नेता महात्मा गान्धीको जन्म दिनमा मात्र मनाएको नभएर विश्वका नागरिकहरुमा आपसमा शान्ति र आपसी सम्मान कायम गर्न मनाइने गरेको उहाँले बताउनुभयो ।

महासचिव गुटरेसले मानिसले एकले अर्काेलाई आपसमा सम्मान र माया दर्शाउन सकेमा विश्वमा शान्तिको स्थापना गर्न गाह्रो नभएको भन्दै उहाँले अहिंसावादी नेता महात्मा गान्धीबाट यो प्रेरणा लिन सकिने बताउनुभयो ।

उहाँले अहिले विश्वमा आन्तरिक द्वन्द्व, राजनीतिक बेमेल, गरिबी, जलवायु परिवर्तनलगायतका विभिन्न कारणले विश्वमा हिंसा बढ्दै गएको बताउँदै यसबाट बच्नका लागि पनि अहिंसात्मक सोच राख्नुपर्ने बताउनुभएको छ ।

सो सन्देशमा उहाँले भन्नुभएको छ– हामीले आगामी विश्वलाई शान्तिपूर्ण बनाउन र नागरिकहरुमा हाल देखा परेका यी हिंसात्मक गतिविधीहरुबाट टाढा राख्नका लागि महात्मा गान्धीको अहिंसा र मानवीय सम्मानको व्यवहारबाट प्रेरणा लिन सक्दछौँ ।

विश्वमा अहिंसा दिवसका अवसरमा महासचिव गुटरेसले दिनुभएको सो सन्देशमा उहाँले विश्वमा सम्पन्न देशले तेस्रो विश्वमा देशहरलाई सहयोग गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

जलवायु परिवर्तन, गरिबी, आन्तरिक राजनीतिक द्वन्द्व आदि कारणहरुले तेस्रो विश्वका देशहरु पछि परिररहेका कारण ती देशलाई सहयोग गर्नुपर्नेमा उहाँले सो सन्देशमार्फत् जोड दिनुभएको छ । (रासस /सिन्ह्वा)

सम्बन्धित खबरहरु