स्टकहोम । स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्नुभएको नोबेल समितिले सोमबार घोषणा गरेको छ ।

पुरस्कार समितिका अनुसार मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थहरूको आनुवांसिक सङ्केत पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उहाँलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ ।

नोबेल कमिटीले भनेको छ, “अहिले जीवित मानव र लुप्त भइसकेको होमिनिनहरूबीचको भिन्नता देखाउने आनुवंशिक फरक हाम्रा अगाडि राखिदिएर उहाँको अनुसन्धान हामी मानव विशिष्ट कसरी छौँ भन्ने पत्ता लगाउने आधार बनेको छ ।”

नीयनडर्थल डीएनए र संसारभरि रहेका मानवको डीएनएबीच गरिएको तुलनापछि उनीहरूको डीएनए युरोप र एसियाका मानिसहरूको डीएनएसँग मिल्दोजुल्दो पाइएको छ ।

यसले होमो स्यापियन्सले ७० हजार वर्ष अगाडि अफ्रिकाबाट बसाइँ सरेपछि होमो स्यापियन्ससँग यौनसम्पर्क राखेर बच्चा जन्माएका थिए भन्ने बताउँछ र हामी आज पनि त्यसको विरासत देख्न सक्छौँ ।

उहाँले यसपहिले पहिले अज्ञात होमिनिन, डेनिसोभाहरू पत्ता लगाउने सनसनीपूर्ण खोज पनि गर्नुभएको थियो ।

प्रोफेसर पाबोले नोबेल कमिटी फर फिजिओलोजी अर मेडिसिनका सचिव थोमस पर्लमनले फोनद्वारा उहाँ पुरस्कृत भएको जानकारी दिनुभएको थियो ।

पर्लमनले स्वान्टे पाबोलाई पुरस्कारबारे जानकारी गराउँदा उहाँले “आँफु आल्हादित, शब्दबिहीन साह्रै खुशी छु, भन्नुभएको थियो ।

उहाँले १ करोड स्वीडिश क्रोनर अर्थात् ८ लाख बेलायती पाउन्ड बराबरको पुरस्कार प्राप्त गर्नुहुनेछ । (रासस/सिन्ह्वा)

सम्बन्धित खबरहरु