काठमाडौं । सुपरस्टार सलमान खान आफ्नो फिल्मका लागि मात्र नभई व्यक्तिगत जीवनका लागि पनि बेला बेला चर्चामा आउँने गर्दछन् । आज हामी तपाईलाई सलमान खानको पर्सनल लाइफसँग जोडिएको केही कुरा बताउन गइरहेका छौँ ।

मिडिया रिपोर्टका अनुसार सलमान खानकी पहिलो प्रेमिका शाहिन जाफरी थिइन्, जो प्रसिद्ध अभिनेता अशोक कुमारकी नातिनी हुन् । हो, भनिन्छ, सलमान खान शाहिन जाफरीसँग यति धेरै प्रेममा पागल थिए कि उनले आफ्नो परिवारका सदस्यहरूसँग शाहिनको परिचयसमेत गराइ सकेका थिए ।

भनिन्छ, सलमान खान शाहिनको कलेज बाहिर घण्टौं कुरेर एक झल्को हेर्दथे । यो घटना तब भएको थियो जब सलमान खान मुम्बईको सेन्ट जेभियर कलेजमा दोस्रो वर्षका विद्यार्थी थिए र त्यतिबेला उनको उमेर मात्र १९ वर्ष थियो । त्यतिबेला सलमान खान फिल्ममा स्टार पनि बनेका थिएनन् ।

सलमान खानका परिवारका सदस्यहरूले पनि शाहिनलाई मन पराउन थाले र उनीहरूले पनि यो सम्बन्धलाई अनुमोदन गरे तर त्यसपछि यस्तो भयो जुन कसैले सोचेको थिएनन् । समाचारका अनुसार संगीता बिजलानी सलमान खान र शाहीन जाफरीको बीचमा आएकी थिइन् । पछि यही नै सलमान र शाहिनको ब्रेकअपको कारण बनेको थियो ।

सन् १९८० मा मिस इन्डिया रहेकी संगीता बिजलानीको प्रेमी बिन्जु अलीसँग ब्रेकअप भएको थियो । संगीता एक्लै थिइन् र सलमान र शाहिन जाने गरेको एउटै हेल्थ क्लबमा आउँथिन् ।

तर, केही समयपछि सलमानको संगीतासँगपनि ब्रेकअप पनि भयो । सलमान खानका चर्चित गर्लफ्रेन्डको कुरा गर्दा सोमी अली, ऐश्वर्या राय, कट्रिना कैफ, युलिया वन्तुर आदि छन् । करियरको कुरा गर्ने हो भने सलमान खान चाँडै नै आगामी फिल्म ‘टाइगर ३’ मा देखिने भएका छन् ।

सम्बन्धित खबरहरु