काठमाडौं । टेलिभिजन रियालिटी शो ‘बिग बोस’की पूर्व प्रतियोगी रहेकी अमृता धनोआलाई प्रहरीले पक्राउ गरेको छ ।

वास्तवमा, बिग बोस १३ की प्रतियोगी रहेकी अरहान खानकी पूर्व प्रेमिका समेत रहेकी अमृता धनोआको नाम सेक्स र्याकेटमा फसेको हो । जसका कारण प्रहरीले उनलाई पक्राउ गरेको छ । राति प्रहरीले उनलाई ५ तारे होटलबाट पक्राउ गरेको बताइएको छ ।

अमृतासँगै ऋचा सिंह नामकी युवती पनि पक्राउ परेकी छन् । ऋचा संघर्षरत अभिनेत्री हुन् । गोरेगाउँको वेस्टिन होटलमा सेक्स र्याकेट चलिरहेको सूचना पाएपछि प्रहरीले मध्यरातमा छापा मारेको थियो । डिन्डोशी प्रहरी चौकीका सिनियर इन्स्पेक्टर धर्मेन्द्र काम्बलेले सो जानकारी दिएका छन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा धर्मेन्द्र काम्बलेले भने, ‘सूचना पाएपछि हामीले होटलमा छापा मारेका थियौं । यहाँबाट ३२ वर्षीया अमृता धनोआ र २६ वर्षीया ऋचा सिंहलाई पक्राउ गरिएको छ ।

दुवैलाई मुद्दा चलाएर अनुशन्धान गरिनेछ । भारतीय दण्ड संहिताको धारा ३७०, ३४ र अनैतिक ट्राफिक रोकथाम अधिनियमको धारा ४, ५ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

यससँगै अमृताले अरहान खानमाथि धेरै आरोप पनि लगाएकी छिन् । अरहानलाई धोखेबाज भन्दै अमृताले आफूले अरहानलाई घरबाट निकालेको खुलासा गरिन् ।

यति मात्र होइन, अमृताले फिल्म ‘बढो बहू’ मा काम गर्दा अरहानले आफूसँग दुई लाख रुपैयाँ लिएको बताएकी थिइन्, जुन उनले अहिलेसम्म फिर्ता नगरेको बताएकी छन् । यही कारण उसले आफूलाई फसाउन प्रहरी लगाएको अमृताको आरोप छ ।

सम्बन्धित खबरहरु