सोल । दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित रहेका पाइएको छ ।यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र यसअघिको २४ घन्टायता ३४ हजार सात सय ३९ जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको छ ।

यहाँ अघिल्लो दिनमात्र १६ हजार जनामा मात्र कोरोनाका सङ्क्रमित पाइएकामा बुधबार ३४ हजार भन्दा बढी देखिएको हो । यहाँ अघिल्लो हप्ता दैनिक करिब २४ हजार जनामा सङ्क्रमण भएको बताइएकामा बुधबार यसमा बृद्धि भएको हो ।

पछिल्लो दिन यहाँ कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । यहाँ अहिलेसम्म कोरोनाबाट २८ हजार जनाभन्दा बढीको कोरोनाले निधन भएको छ ।त्यसैगरी यहाँ यो महामारीको सुरुआतदेखि अहिलेसम्म नै दुई करोड भन्दा बढीमा यो सङ्क्रमण भएको बताइएको छ । रासस/सिन्ह्वा

संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले कोलम्बिया सरकार र यहाँका विदोहीहरुलाई शान्ति वार्ताका माध्यमबाट शान्ति स्थापनाका लागि आग्रह गर्नुभएको छ । महासचिव गुटरेसले यहाँको सरकार र यहाँ विद्रोह गरिरहेको नेसनल लिबरेसन आर्मी (इएलएन) लाई सो आग्रह गर्नुभएको हो ।

उहाँका महासचिव स्टेफान डुजारिकले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिनुभएको हो । उहाँले भन्नुभएको छ– महासचिव गुटरेसले कोलम्बिया सरकारले यहाँका विद्रोहीसँग शान्ति वार्ताको प्रक्रिया अघि बढाउने भनी हालै गरेको निर्णयको प्रशंसा गर्नुभएको छ ।

साथै महासचिव गुटरेसले यस अवसरलाई सदुपयोग गर्न र वार्ताको टेबलमा बस्न यहाँका विद्रोही समूहलाई आग्रह गर्नुभएको छ ।यहाँका विद्रोही समूहले सरकारसँग वार्ता गर्ने प्रयास गरेको जनाए पनि यसअघि उनीहरु नै इमान्दार नहुँदा वार्ता पटक पटक भंग हुन पुगेको कोलम्बिया सरकारले जनाएको छ ।

त्यसैले यस वर्ष वार्ता सफल पार्न आग्रह गरिएको महासचिवका प्रवक्ताले जनाएका छन् ।

सम्बन्धित खबरहरु