काठमाडौं । कडकनाथ कुखुरालाई स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको शरीरको रौं मात्र होइन, मासु र छालासमेत कालो हुन्छ । भारतको मध्यप्रदेशमा उत्पति भएको मानिएको यो कालो कुखुरा , भारतका आदिवासी समुदायमा लोकप्रिय छ ।

आदिवासी समुदायले यो प्रजातीको कुखुरालाई विभिन्न चाडपर्वमा देवीदेउतालाई बलि चढाउन प्रयोग गर्ने भएकाले बिगतमा अत्याधिक कुखुरा मारिए र यसको उत्पादनमा कमी आयो । फलस्वरुप जङ्गलमा भएका पनि मासिए । त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पन्छीको रुपमा लिइन्छ ।

यसका प्रमुख ३ जात छन् । जसमा कडकनाथ, सिल्की, आय्यम सेमानी । त्यसमा पनि कडकनाथ प्रजातिको कुखुरा पालन र यसको व्यवसायले नेपालमा राम्रो सम्भावना बोकेको छ । कडकनाथ कुखुराको मुख्य विशेषता भनेको स्थानीय वातावरणमा सहजै बढ्ने , रोग प्रतिरोधात्मक क्षमता भएको , केही गर्मी र मध्यम खालको तापक्रम भएको क्षेत्रमा घुलमिल हुन सक्ने र त्यस्तो वातावरणमा राम्रोसँग हुर्किन सक्छ ।

त्यसैले नेपालको तराई र पहाडी भेगमा यो प्रजातिको कुखुराको राम्रो सम्भावना देखिएको छ । पोषण तत्व र प्रोटिनको मात्रा २५ प्रतिशत भन्दा बढी हुन्छ । साधारणतया चराहरुमा १८ देखि २० प्रतिशतसम्म मात्र प्रोटिन हुन्छ । यसमा cholesterol को मात्रा 0.७३ – १ .०५ % मात्र हुन्छ जबकि अन्य कुखुरामा १३ – २५ % cholesterol काे मात्रा हुन्छ । अमीनो एसिडको मात्रा उच्च हुन्छ ।

त्यस्तै भिटामिन B1,B2,B6, B12, C र E, niacin , protein, fat, calcium, phosphorus, iron, nicotinic acids आदि रहेको हुन्छ । कडकनाथ कुखुराको मासु प्रयोग गर्दा हाम्रो शरीरलाई हुने फाइदाहरु यस्ता छन् । महिलाहरुमा देखिने बाजोपनको उपचार , मष्तिस्क सम्बन्धित रोग , मुटु सम्बन्धित रोग हुनेहरुको लागि यो जातको कुखुराको मासु अत्यन्तै राम्रो हुन्छ ।

दीर्घकालीन रोगहरु जस्तै arthritis, asthma, cancer, COPD, diabetes र भाइरल रोगहरु जस्तै Hepatitis C र HIV/AIDS का लागि यो कुखुराको धेरै नै मासु फाइदाजनक छ । उच्च रक्तचापकाे समस्या हुनेहरुका लागि पनि यसको मासु औषधीको रुपमा प्रयोग हुँदै आएको छ ।

यो कुखुराको मासुमा हुने पोषण तत्वहरुका कारण ,रोग प्रतिरोधक क्षमताको रुपमा पनि यसको मासु प्रयोग गर्न सकिन्छ । ५ ० यसको अण्डामा समेत उच्च रुपमा प्रोटिनको मात्रा हुने र फ्याटको मात्रा कम हुने हुदाँ मानव स्वास्थ्यको लागि अति उत्तम हुन्छ । यस्को प्रयोगले टाउको दुख्ने , रिङ्गटा लाग्ने र किड्नीको समस्यालाई धेरै हदसम्म कम गराउँछ ।

नेपालमा कडकनाथ जातको कुखुराको व्यवसायिक संभावना छ । अहिले यसको पालन समेत गर्न थालिएको छ । यो कुखुरा नेपालको जुनसुकै हावापानीमा पनि सजिलै पाल्न सकिन्छ । हेर्दा कालो हुने हुदाँ धेरैले यसलाई मन नपराउने भएतापनि यसको मासर र अण्डामा पाईने पोषण तत्वको हिसाबले उत्कृष्ट कुखुराको मासुका रुपमा यसलाई लिन सकिन्छ ।

यसलाई प्रगोग गर्नेहरू पनि यसको स्वाद एकदमै मिठो भएको बताउँछन् । अझ भन्छन्, तपाईंले पनि खानु भएको छैन भने एकपटक खाएर हेर्नुस् ! तपाईं पनि पल्किनु हुन्छ ।

सम्बन्धित खबरहरु