काठमाडौँ । विश्वकै सुन्दरी अभिनेत्रीको उपमा पाएकी हलिउड अभिनेत्री एन्जेलिना जोलीले पूर्वपतिविरुद्ध मुद्धा दायर गरेकी छिन् ।

पूर्वपति ब्राड पिटबीचको मुद्दामा लामो समयदेखि अदालतमा सुनुवाइ भैरहेको छ । मंगलबार जोलीले पूर्वपतिविरुद्ध अदालतमा घरेलु हिंसाको दावीसहित थप मुद्धा दिएकी हुन् ।

सन् २०१६ मा नीजि जहाजमा आफू र आफ्ना बच्चाहरुमाथि अभिनेता पिटले हिंसा मच्चाएको आरोप जोलीले अदालतमा बुझाएको विवरणमा उल्लेख छ ।

जोलीका अनुसार पिटले उनको बच्चामाथि कुटपिट गर्दै आफ्नो अनुहारमा मुक्का हानेको उल्लेख छ । यतिमात्र होइन, ब्राडले उनको टाउको ढोकामा ठोक्काइदिएका थिए । यो घरेलु हिंसाको घटनापछि आफूले सम्बन्ध विच्छेद गरेको जिकिर पनि जोलीले गरेकी छन् ।

आफ्नो अनुमति बिना वाइनरी पसल पनि विक्री गरेको आरोप ब्राडले जोलीमाथि लगाएका छन् । जवाफमा जोलीको दावी थियो, उनी ब्राडबाट डिभोर्स चाहन्थिन् र यसो गरिन् । ब्राडको समूहले भने जोलीले लगाएका सबै आरोपहरु झूठा भएको दावी गरेको छ ।

न्यूयोर्क टाइम्सको विवरणअनुसार ब्राडको कुटपिटपछि बच्चाहरु गम्भीर घाइते भएका थिए । उक्त दौरान आफूले बच्चाहरुलाई बचाउने प्रयास गरेको दावी पनि जोलीले गरेकी छन् ।

सम्बन्धित खबरहरु