काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरी वृत्त, गौशालामा राखिएको छ ।

बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं ओर्लिएका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । लगतै उनलाई पीडित किशोरीले जाहेरी दिएको प्रहरी वृत्त, गौशालामा लगिएको छ । आजै उनको मेडिकल चेकजाँच भएको छ ।

स्वास्थ्य अवस्था ठिक छ भनिएपछि उनलाई प्रहरीकै हिरासतमा राखेर अनुशन्धान गरिनेछ । अदालतले यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेकाले पक्राउ गरेपछि बाटोको म्याद बाहेक २४ घण्टामा म्याद थपका लागि अदालतमा उपस्थित गराउँनुपर्छ । तर अदालत आइतबारसम्म विदा छ ।

यसैले अदालतमा भने आइतबार मात्र उपस्थित गराइनेछ । भोलिसम्म दशैंको विदा र पर्सि शनिबारका कारण अदालत बन्द हुनेछ । आइतबार अदालत खुलेपछि म्याद थपका लागि उनलाई उपस्थित गराइनेछ ।

अदालतले प्रहरीले अनुशन्धानका लागि समय माग गरेअनुसार म्याद पथ गर्नसक्छ । तर यो समय बढीमा

बलात्कारको अभियोगमा प्रहरी हिरासतमा बढीमा २५ दिन राख्न मिल्नेछ । त्यो समयसम्म प्रहरीले अनुशन्धान सकाएर सरकारी वकिलको कार्यालयलाई फायल बुझाई सक्नुपर्ने हुन्छ । फायल आएको दिनबाट जतिसक्दो चाँडो सरकारी वकिल कार्यालयले फायलको अध्ययन गरेर अदालतमा मुद्धा दर्ता गर्नुपर्नेछ ।

दर्ता भएको मुद्धामा थुनछेक बहस हुनेछ । अपराधको प्रकृति र अनुशन्धानमा देखिएका प्रमाणको आधारमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिन सक्नेछ । त्यो बेला सन्दीपले कारागारमा काराबास जीवन विताउँदै कानूनी लडाई लड्नुपर्नेछ । अदालतले दोषी वा निर्दोष अन्तिम फैसलामा दिनेछ ।

बलात्कारको अभियोगमा कलाकार पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीले तेस्रो पटक म्याद थप गरेको थियो । पछि बलात्कारको अभियोग झुट्टा सावित भएपनि बाल यौन दुरुपयोगको अभियोग सावित भएको थियो ।

पल शाहलाई पहिलो पटक सात दिनको म्याद लिएर अनुसन्धानका लागि १५ फागुनमा हिरासतमा राखिएको थियो। त्यसपछि २१ फागुनमा १२ दिनको म्याद थप गरिएको थियो। ४ चैतमा थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । अपराधको प्रकृति पल शाहकै जस्तो भएकाले सन्दीपलाईपनि यसरी नै हिरासतमा राख्न सक्ने अवस्था छ ।

 

सम्बन्धित खबरहरु