Kamal-Thapa-Raprapa-Nepal१९ माघ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभामा गणतन्त्र, धर्मनिरपेक्ष र संघीयताबारे मतदान नभए संविधानसभा छाड्ने दावी गरेका छन् ।

संविधानका विवादित विषयमा प्रश्नावली बनाउन गठित प्रस्ताव निर्माण समितिले गणतन्त्र, धर्मनिरपेक्षा र संघीयताबारे प्रश्न उठाउन नपाइने निर्णय गरेपछि चौथो ठूलो दल राप्रपा नेपालले अब सडक आन्दोलन थाल्ने घोषणा गरेको छ ।

संसदीय दलको कार्यालय सिंहदरवारमा पत्रकार सम्मेलन गरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रस्ताव समितिले संविधानसभाले दिएको म्याण्डेट विपरित गरेर निर्णय गरेको दाबी गरे ।

प्रस्ताव समितिको निर्णयलाई संविधानसभामा प्रस्तुत हुन नदिने भन्दै उनले आकार र क्षमता अनुसार सशक्त प्रतिरोध गर्ने बताए । राप्रपा नेपालका अध्यक्ष थापाले भने–गणतन्त्र, धर्मनिरपेक्षा र संघीयताबारे प्रश्नसम्म उठाउने नपाइने स्वच्छाचारी निर्णय हो । हामी पराजित हुन तयार छौं भन्दा पनि दिएनन् ।’

यो निर्णय नसच्याए संविधानसभा छाड्न सक्ने थापाले चेतावनी दिए । कांग्रेस र एमालेले संविधानसभामा भएका शक्तिहरुलाई एकपछि अर्को पाखा लगाउने काम गरेको उनको आरोप छ ।

माओवादी र मधेसी मोर्चासँग अब सडकमा भेट हुने भन्दै उनले सहकार्य हुन सक्ने बताए । तर, अहिले कुनै छलफल नभएको उनले प्रष्ट   पारे ।

सम्बन्धित खबरहरु