khukhuraपुनर्वास (कञ्चनपुर), १९ माघ । नेपाल भारत सीमा नाका बसहीबाट कैलालीको धनगढी लैजाँदै गरेका एक क्विन्टल ब्वायलर कुखुरा प्रहरीले बरामद गरी आज नष्ट गरेको छ ।

बसहीस्थित भारतीय पोल्ट्री फार्ममा उत्पादित ब्वायलर कुखुरा धनगढी लैजाँदै गरेको अवस्थामा बाइसे विचुवा गाविसस्थित दोदा पुलमा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको गस्ती टोलीले आज बरामद गरेको थियो । बरामद गरिएको कुखुरा इलाका प्रशासन, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, पत्रकार र स्थानीय समाजसेवीको रोहवरमा नष्ट गरिएको हो ।

सम्बन्धित खबरहरु