काठमाडौं । नेतृत्व परिवर्तन भएसँगै एक समयमा महिलालाई बन्दी बनाएको आरोप खेप्दै आएको साउदी अरबले अब आधुनिकतालाई अँगालेको छ । पछिल्लो समय त्यहाँ खेलकुद क्षेत्रमा पनि महिलालाई प्रोत्साहन मिल्न थालेको हो । हिजाब लगाउनुपर्ने बाध्यता छोडेर त्यहाँका महिलाहरू छोटो कपाल राख्न थालेका छन् ।

परिवर्तनको यो एपिसोडमा, त्यहाँ नयाँ प्रवृत्ति देखा परेको छ । साउदीमा योगपछि अहिले पोल डान्सको क्रेज बढ्दै गएको छ । युवतीहरू पोल डान्स मात्र सिक्न चाहँदैनन्, सामाजिक सञ्जालमा तस्बिर र भिडियोहरू पोस्ट गरेर यसबारे मानिसहरूको प्रतिक्रिया पनि लिन चाहन्छन् । महिलाहरू पोल डान्सलाई धेरैले मन पराउने र सकारात्मक मनोवृत्ति देखाउने आशा गर्छन् ।

विरोधपछि पनि महिलाहरु पछि हटेनन्
जब साउदी योग प्रशिक्षक नाडाले हालै पोल डान्स सिक्न थालिन्, उनले देशको अत्यन्त रूढिवादी समाजबाट कडा आलोचनाको सामना गर्नुपरेको थियो । त्यसलाई पनि पार गर्ने प्रयास भइरहेको उनले बताइन् । राजधानी रियादमा नाडाको परिवार र साथीहरूले पोल डान्सको बारेमा नकारात्मक कुराहरू सुनाएका थिए ।

पोल डान्स सामान्यतया हलिउड चलचित्रहरूमा स्ट्रिप क्लबहरूसँग जोडिएको छ । विरोधका बाबजुद २८ वर्षीया नाडा पछि हटिनन् । उनले अहिले जिममा धेरै युवतीहरूलाई पोल डान्स सिकाइरहेकी छिन् । अर्को जिम मालिक, अल–योसेफका अनुसार साउदीमा पोल डान्स नयाँ लाग्छ । पोल डान्सका समर्थकहरूको नजरमा साउदी अरबमा रक्सीमाथि प्रतिबन्धित लगाइएको छ । देशभित्र कुनै स्ट्रिप क्लबहरू छैनन्, त्यसैले पोल डान्सको नकारात्मक छवि विदेशबाट आएको हो ।

पोल डान्समा लाज कस्तो, यसबाट कसैलाई चोट लाग्दैन्
पोल डान्सकी एक विद्यार्थीले प्रयास गर्दा लाज नलाग्ने गरेको बताइन् । अरूलाई चोट पुर्याउँदा लाज हुने उनको बुझाई रहेको छ । जिम सञ्चालक योसेफले इन्स्टाग्राममा पोष्ट गर्ने तस्बिर र भिडियोमा पोल डान्सको माग तीव्र गतिमा बढिरहेको देख्न सकिन्छ ।

सम्बन्धित खबरहरु