काठमाडौं । नेपालसहित विश्वभर एकदम चर्चित फेसबुक (मेटा) मा आज एक गम्भीर समस्या देखिएको छ । धेरै नेपाली प्रयोगकर्ताहरुले पनि त्यसको सामना गर्नुपर्यो । फेसबुक बगका कारण लाखौं मानिसका फलोअर्स रातारात गायब भएका हुन् ।

मेटाका सीईओ मार्क जुकरबर्ग पनि बगहरूको यो आँधीबाट बच्न सकेका छैनन् । झण्डै २० करोड फलोअर्स भएका मार्क जुकरबर्गका फलोअर्स यतिबेला घटेर ९ हजार ९ सय ९५ मात्र बाँकी छन् ।

यी फलोअरहरूको संख्या उनको आइडीमा देख्न सकिन्छ । धेरै अन्य मेटा प्रयोगकर्ताहरूले पनि अचानक फलोअरहरू गुमाएको गुनासो गरेका छन् । यो नक्कली फलोअर्स हटाउनुको परिणाम हो भन्ने धेरैको अनुमान छ ।

तर त्यस्तो हुँदा मार्क जुकरबर्गका सबै फलोअरहरू पनि नक्कली थिए भनेर भनेर प्रश्न उठ्छ ? जुन कुरा सम्भव हुँदैन् ।

तर मेटाको पेजमा यस्तो प्रकारको समस्या भने देखिएको छैन् । यस विषयमा मेटाले कुनै जानकारी गराएको छैन् । मेटाले कुनै नयाँ कुरा परीक्षण गरिरहेको हुनसक्ने कुरा पनि धेरैले उल्लेख गरेका छन्, जसकारण समस्या हुँदैछ ।

 

सम्बन्धित खबरहरु