रिसका कारण आत्महत्या गर्नेको संख्या बढ्यो

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १९ माघ, २०७१

१९ माघ, सुनसरी । बढ्दो आधुनिकतासँगै मानिसमा रिस, राग र तनावसमेत बढेको कारण आत्महत्याको घटनामा वृद्धि भएको छ ।

सुनसरीमा पछिल्लो समय आएर आत्महत्याको घटनामा वृद्धि भएको हो । जिल्लामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ५५ वटा आत्महत्याका घटना भएका छन् ।

जिल्लामा विष सेवन गरी र पानीमा हाम फालेर नौ, झुन्डिएर ४७ गरी ५५ जनाले आत्महत्या गरेको सुनसरीका प्रहरी उपरीक्षक मसउद आलम खाँले जानकारी दिनुभयो । प्रहरीले दिएको जानकारीअनुसार साउनमा पाँच, भदौमा आठ, असोजमा १३, कात्तिकमा नौ, मंसिरमा १४ र पुसमा आठ गरी ५५ जनाले आत्महत्या गरेको तख्यांक रहेको छ ।

आत्महत्या गर्नेमा १२ वर्ष देखि २५ वर्ष उमेर समूहका मानिस बढी रहेका छन् । आत्महत्याको घटनामा वृद्धि हुनुको कारण प्रेममा असफल, आर्थिक तनाव, घरायसी तनाव, परीक्षामा असफल, घरेलु हिंसालगायत रहेको पत्रकार जयकृषण यादव बताउनुहुन्छ । गत वर्ष पनि एक वर्षको अवधिमा ९७ जनाले आत्महत्या गरेका थिए । रासस

सम्बन्धित खबरहरु