काठमाडौं । चर्चित टेलिभिजन अभिनेत्री वैशाली ठक्करले आत्महत्या गरेकी छिन् । वैशालीले भारत, इन्दौरस्थित आफ्नै घरमा आत्महत्या गरेकी हुन् । ३० वर्षीया वैशालीको शव इन्दौरको साईबाग कालोनीमा रहेको उनको घरमा भेटिएको थियो ।

स्टार प्लसको चर्चित टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’ मा सञ्जनाको भूमिकाबाट पनि उनले निकै चर्चा पाएकी थिइन् । प्रहरीका अनुसार वैशालीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

इन्दौरका एसीपी एम रहमानका अनुसार वैशाली ठक्करलाई छिमेकमा बस्ने राहुल नामका केटाले दुव्र्यवहार गर्थे, जसकारण उनले आत्महत्या गरेकी हुन् । वैशालीले अर्कै पुरुषसँग बिहे गर्न चाहेकी थिइन् ।

तर राहुलले वैशालीसँग आफैं विवाह गर्न भनेर उक्त विवाह हुन दिएनन् । वैशालीको आत्महत्यापछि राहुल फरार रहेकाले प्रहरीले जानकारी गराएको छ ।

उनको खोजी भइरहेको छ । इन्दौर प्रहरीले पोष्टमार्टमपछि वैशालीको शव परिवारलाई बुझाएको छ । स्थानीयका अनुसार वैशालीले शनिबार राति नै आत्महत्या गरेकी थिइन् । तर परिवारले बिहान प्रहरीलाई खबर गरेको हो ।

प्रहरीले घटनास्थलबाट ८ पृष्ठको सुसाइड नोट फेला पारेको छ । प्रहरीले घटनाको ७ घण्टापछि जानकारी पाएकाले अब सुसाइड नोटको अनुसन्धान हस्तलेखन विज्ञबाट गरिने जनाएको छ ।

सबैको मनमा बसेकी अभिनेत्रीद्वारा आत्महत्या, भाइरल बन्यो वैशालीको अन्तिम पोस्ट

सुसाइड नोटमा वैशालीले दुई केटा र केटीको नाम पनि लेखेकी छिन्, जसलाई उनी सजाय दिन चाहान्थिन् । जानकारी अनुसार वैशालीले गत वर्ष अप्रिल २६ मा केन्याका दन्त सर्जन डा अभिनन्दनसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

नजिकका मानिसहरुको उपस्थितिमा भएको यो समारोहको जानकारी अभिनेत्रीले भिडियो शेयर गरेर दिएकी थिइन् । दुवैले सन् २०२१ को जुनमा विवाह गर्ने कुरा तय भएको थियो । तर, अभिनेत्रीले एक महिनापछि विवाह रद्द गरिन् । त्यसबेला उनले विवाह स्थागित हुनुलाई बढ्दो कोरोना संक्रमणसँग जोडेकी थिइन् ।

एक अन्तर्वार्तामा वैशालीले भनेकी थिइन्, ‘कोरोनाबाट धेरैले ज्यान गुमाइरहेका छन्, यस्तो अवस्थामा म विवाह गर्न सक्दिनँ । अर्को वर्षसम्म अवस्था राम्रो भयो भने हामी बिहे गर्छौं ।’ तर अहिले आएर राहुलका कारण नै उनको विवाह नभएको हो की भन्ने पक्षबाट अनुसन्धान थालिएको छ ।

सम्बन्धित खबरहरु