काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तरका तीन वटा नतिजा एकसाथ प्रकाशित गरेको छ । नतिजा नै हामीले यहाँ अपलोड गरेका छौ । तपाई आफ्नो हो भने आफूले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला । आफ्नै होइन भनेपनि प्रतिक्षामा रहनुभएकाहरुको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

करार सेवामा पदपूर्ति गर्न लागेकमा त्रिविलाई स्पष्टीकरण
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको प्रतिकूल हुने गरी त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।

स्पष्टीकरणमा आयोगलाई जानकारी गराई विश्वविद्यालय सेवा आयोग र शिक्षक सेवा आयोगको नियमितरूपमा हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा नहुनेबाहेक नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्नेलगायत कुनै पनि आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न नहुने आचारसंहिताको व्यवस्था स्मरण गराउँदै ती निकायले सुरु गरेको करार सेवामा पदपूर्ति प्रक्रिया नियमित प्रक्रिया हो/होइन ? भन्ने प्रश्न गरिएको छ । होइन भने प्रक्रियालाई रोक्नु नपर्ने आधार के छ ? भनी आयोगले स्पष्टीकरण सोधेको छ ।

 

सम्बन्धित खबरहरु