काठमाडौं । आजकाल सामाजिक सञ्जाल मानिसको अभिन्न अंग जस्तै बनेको छ । आफ्ना हरेक गतिविधि सामाजिक सञ्जालमा अपलोड गरेर मानिस आनन्दित हुने गर्दछन् ।

मोबाइल फोनले फोटो खिच्न सहज बनाइदिएको छ । घुमफिरमा जाँदा होस् वा दुख सुखको क्षणमा मोबाइलबाटै उत्कृष्ट फोटो खिचेर फेसबुक इन्स्टाग्राममा अपलोड गर्दै तपाईंले वाहवाही बटुल्न सक्नुहुन्छ । फोटो भए त्यसलाई भिडियो बनाएर टिकटकमा राख्न सकिन्छ । यसका लागि तपाईंले केही कुरामा ध्यान दिन जरुरी हुन्छ ।

नेचुरल लाइट प्रयोग गर्नुस्
राम्रो फोटो आउनका लागि राम्रो लाइट जरुरी हुन्छ । फ्ल्यासको साटो नेचुरल लाइट प्रयोग गर्नुस् । यसले फोटोलाई चम्किलो र राम्रो देखाउँछ । यदि तपाईंले आउटडोरमा सुट गर्न पाउनुभएन भने पनि झ्यालनजिक वा पर्याप्त प्रकाश भएको कोठामा फोटो लिनुस् । रातको समयमा पनि तपाईंले सडकबत्ती वा पर्याप्त प्रकाश भएको ठाउँनजिक फोटो लिन सक्नुहुन्छ ।

सही समयमा खिच्नुस्
सूर्यास्तअघिको अन्तिम घन्टा र सूर्योदयपछिको पहिलो घन्टालाई गोल्डेन आवर भनिन्छ । यस समयलाई फोटोग्राफरहरूले निकै मन पराउँछन् । यसलाई प्रकृतिको इन्स्टाग्राम फिल्टर भने पनि हुन्छ । यदि दिउँसोको समयमा खिच्दै हुनुहुन्छ भने बादल लागेका वेला खिच्नुपर्छ । किनकि, सीधा प्रकाशमा राम्रो फोटो खिच्न गाह्रो हुन्छ ।

फरक एंगल ट्राई गर्नुस्
प्रायः मानिसले आफ्नो आँखाको लेभलवरपर क्यामेरालाई राखेर फोटो लिने गर्छन् । तर, सधैँ यस्तो गर्नुपर्छ भन्ने छैन । यदि तपाईं राम्रो र नसोचेको फोटो लिन चाहनुहुन्छ भने अलग तरिका अपनाउनुस् । तपाईंले केही माथि वा तलबाट फोटो खिच्ने प्रयास गर्न सक्नुहुन्छ । तपाईंले दृश्यलाई नयाँ कोणबाट हेर्नैपर्छ । त्यसैगरी, तपाईंले राम्रो फ्रेमिङ गर्नुपर्छ । तपाईं सिर्जनशील हुनैपर्छ ।

 

सम्बन्धित खबरहरु