काठमाडौं । विश्वको पहिलो इलेक्ट्रिक विमान एलिसले सफलतापूर्वक उडान भरेको छ । सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।

इजरायलको एभिएसन एयरक्राफ्टले बनाएको यो अल इलेक्ट्रिक विमानलाई एलिस नाम राखिएको छ । एलिसको निर्माता, इभिएशन एयरक्राफ्टको मुख्यालय वाशिंगटनमा भएता पनि विमान इजरायलमा विकसित गरिएको हो । इभिएशनको स्थापना २०१६ मा ओमेर बार–योहे र एभिभ टिजिडोनले गरेका थिए ।

आफ्नो पहिलो उडानमा, एलिसले बिहान ७ बजेर १० मिनेटमा ३५०० फिटको उचाइमा ८ मिनेटसम्म सुरक्षित हावामा रहयो र त्यसपछि सामान्य अवतरण भयो । यो विमान २५० माइलसम्म उड्न सक्ने गरी डिजाइन गरिएको छ ।

यसमा नौ जना यात्रु र एक वा दुई पाइलटहरुको लागि ठाउँ राखिएको छ र ४ टनभन्दा बढी तौल भएको टेस्ला–शैलीका २१,५०० भन्दा बढी ब्याट्री सेलहरूद्वारा संचालित गरिएको छ ।

भिडियोमा हेर्नुहोस्

https://www.youtube.com/watch?v=qjPO4_oe5h8&t=70s

सम्बन्धित खबरहरु