काठमाडौं । गाडीका पारखीहरुका लागि खुशीको खबर आएको छ । हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य मात्र भारु १२ लाख १६ हजार तोकेको छ ।

कस्तो छ गाडी ?
भेन्युको नयाँ मोडलमा स्पोर्टियर डिजाइन र कालो इन्टेरियरका साथै सस्पेनशन सेटअप र एक्जस्ट प्रणालीसँग ट्वीक गरिएको छ।

यसमा उपलब्ध रहेको १.० लिटर ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ११८ बीएचपी र १७८ एनएम टर्क उत्पादन गर्दछ । नयाँ भेन्यू एन लाइनको आन्तरिक लेआउट र सुविधाहरू नियमित मोडलको जस्तै हुनेछ ।

यसमा वायरलेस एन्ड्रोइड अटो, एप्पल कारप्ले कनेक्टिभिटीको साथ ८.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, पावर ड्राइभरको सिट, कनेक्टेड कार टेक, बोस साउन्ड सिस्टम र एलईडी प्रोजेक्टर समावेश गरिएको छ ।

यो गाडीले भारतीय बजारमा मारुती सुजुकी ब्रेजा, किआ सोनेट, टोयोटा अर्बन क्रुजर, टाटा नेक्सन र महिन्द्रा एक्सयूभी ३०० सँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

 

सम्बन्धित खबरहरु