काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसर पाए मुलुकको नेतृत्व गर्ने इच्छा रहेको दोहोर्याउनुभएको छ । एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै उहाले चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सत्ता गठबन्धन भित्र छलफल नभएको तर अवसर पाए आफूलाई नेतृत्व गर्ने इच्छा भएको बताउनुभयो ।

उहाँले जता गएपनि अबको प्रधानमन्त्री तपाईं नै हो भन्ने सुन्दा इच्छा झनै जागेर आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्रीको निम्ति भन्नेमा त छैन । तर, अवसर आयो भने देशको नेतृत्व गर्नुपर्छ र एकचोटी आर्थिक विकासबारे प्रचण्डको के रछ भन्ने स्थापित गर्नुपर्छ भन्ने आकांक्षा छ । आकांक्षा नै नभएको होइन’ ।

पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधार विकासमा ध्यान दिएको, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोरको परिकल्पना र विद्युतीकरणको परिकल्पना अगाडि सारेको र दोस्रो पटक प्रधानमन्त्री हुँदा राष्ट्रिय एकता र विकासको मोडलसँगै लोकतन्त्रको सुदृढिकरणमा ध्यान दिएको प्रचण्डको भनाइ छ ।

तर, विगतमा अनुभव र समयको कमीका कारण प्रभावकारी काम गर्न नसकेको स्वीकादै, ‘पहिलो (प्रधानमन्त्रीको कार्यकाल) ९ महिना झिलिमिली भयो त्यो मलाई ।

दोस्रो पटक अलि सचेत भएर मधेश, पहाड, हिमाल जोड्ने, चुनावतिर देशलाई लैजाने र विकासमा प्रचण्डले गर्न सक्दो रैछ, चाहँदो रैछ भन्ने बनाउन खोजेँको प्रचण्डले भन्नुभयो ।

अब तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाए विकासमा फड्को मार्ने गरी काम गर्ने उनको दाबी छ ।

 

सम्बन्धित खबरहरु