Australia१८ माघ, काठमाडौं । इंग्ल्याण्डलाई पराजित गर्दै आयोजक अष्ट्रेलियाले भारतसहितको त्रिकोणात्मक क्रिकेट श्रृंखलाको उपाधि जितेको छ ।

वेस्टर्न अष्ट्रेलिया क्रिकेट ग्राउन्ड पर्थमा भएको फाइनल भिडन्तमा घरेलु टोलीले इंग्ल्याण्डलाई ११२ रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।

टस हारेर पहिलो ब्याटिङ गरेको अष्ट्रेलियाले ग्लेन म्याक्सवेललको ९५ रनको मदतमा निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७८ रन बनायो । म्याक्सवेलले १५ चौका प्रहार गरेका गरे । मिचेल मार्सले ६० तथा स्टिभ स्मिथले ४० रन बनाए ।

अलराउन्डर जेम्स फल्कनरले डेथ ओभरमा बिष्फोटक ब्याटिङ गर्दै केबल २४ बलमै अन्तिम बलको छक्कासहित अविजित ५० रन बनाए । जसमा ४ चौका र ४ छक्का सम्मिलित थिए ।

इंग्ल्याण्डका स्टुअर्ट ब्रोडले ३ तथा जेम्स एन्डरसनले २ विकेट लिए ।

ग्लेन म्याक्सवेलले ४ तथा मिचेल जोनशोनले ३ विकेट लिएको खेलमा इंग्ल्याण्ड ३९.१ ओभरमै १६६ रन बनाउँदा अलआउट भयो । उसका लागि रबि बोपाराले ३३ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । उसका ६ ब्याट्म्यानले दोहोरो अंक छुन सकेनन् ।

इंग्ल्याण्डले समुह चरणका दुबै खेलमा अष्ट्रेलियालाई नतिजा सुम्पेको थियो भने भारतलाई हराएको थियो । सन् २०१५ को आईसीसी वर्ल्ड कप क्रिकेटको उद्घाटन खेलमा पनि अष्ट्रेलिया र इंग्ल्याण्ड नै भिड्ने छन् ।

फाइनलमा ९५ रन र ४ विकेट लिएक ग्लेन म्याक्सवेल प्लेयर अफ दि म्याच घोषित भए । प्रतिगोगितामा १२ विकेट लिएका अष्ट्रेलियाकै मिचेल स्टार्क प्लेअर अफ दि सिरिज घोषित भएका छन् ।

सम्बन्धित खबरहरु