सिड्नी । नेपालमा बुढा नेताहरुको चुनावी सरगर्मी बढिरहदा यता अष्ट्रेलियामा भने १ दर्जन मन्त्री तथा सांसदले राजनीतिबाटै सन्यास लिने घोषणा गरेका छन् ।

अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका मन्त्री तथा सांसद गरि शिर्ष ११ नेताहरुले आगामी निर्वाचनमा भाग नलिने बरु सक्रिय राजनीतिबाटै सन्यास लिने घोषणा गरेका हुन् ।

पछिल्लो पटक न्यु साउथ वेल्सका ७२ वर्षिय स्वास्थ्य मन्त्री ब्राड हाजार्डले आफ्नो सन्यासको घोषणा गर्नुभएको हो । हाजार्ड ट ३२ वर्षदेखि सांसद जित्दै आउनु भएको छ । पछिल्लो ६ वर्षदेखि उनी राज्यको स्वास्थ्यमन्त्री हुनुहुन्छ । सन्यासको घोषणा गर्दै मन्त्री हाजार्डले आफ्नो जिवनमा नविन कुराको सुरुवात हुन लागेको बताउनुभयो । उनले आगामी मार्चमा हुने राज्यको निर्वाचनमा भाग नलिने बताउनुभएको छ । हाजार्ड लिबरल पार्टीको सदस्य हुनुहुन्छ ।

त्यस्तै यसै हप्ता राज्यको यातायात मन्त्री डेभिड इलोइटले पनि आगामी निर्वाचनदेखि राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ । सन् २०११ म पहिलो पटक सांसद चुनिनु भएको थियो । सन्यास घोषणा गर्दै मन्त्री डेभिडले आफुले पाए जति मौकाको सदुपयोग गरेको तथा आफुबाट केही गल्ती समेत भएको स्विकार गर्नुभयो ।

त्यस्तै राज्यको भौतिक निमार्ण मन्त्री रब स्टोकले समेत आगामी चुनावबाट राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ । विगत १५ वर्षदेखि सांसद रहदै आएका मन्त्री रब केबल ४५ वर्ष मात्र पुग्नु भएको छ । उनले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ मानिसलाई मौका दिनका लागि राजनीतिबाट पछि हटेको बताउनुभयो ।

अघिल्लो महिना मात्र ६ अन्य सांसद र मन्त्रीहरुले सन्यास लिने घोषणा गरेका छन् । करेक्सन मन्त्री जिफ लि, सेवा मन्त्री भिक्टर डोमिनलले पनि सन्यासको घोषणा गर्नुभएको हो । त्यस्तै सांसदहरु केभिन कोनली, मेलिन्डा पावे, स्टेफन ब्रुमहेड र क्रिस गुलाप्टिसले संसदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

केही वर्ष राजनीतिमा लागेपछि अष्ट्रेलियाका नेताहरु पदबाट राजिनामा वा राजनीतिबाटै सन्यास लिएर व्यक्तिगत जीवनमा फर्कने गरेका छन् । केही समय अघि न्यु साउथ वेल्सकी मुख्यमन्त्री प्रिमियर ग्लाडिस बेरिजेक्लियन राजनीतिबाट निजी क्षेत्रमा जानु भएको छ । सन् २०२३ को मार्चमा न्यु साउथ वेल्समा राज्य संसदको निर्वाचन हुदैछ ।

 

सम्बन्धित खबरहरु