काठमाडौं । कतारको दोहास्थित नेपाली राजदूतावास आगामी दुई दिन बन्द हुने भएको छ । हिजो जारी विज्ञप्तिअनुसार राजदूतावास पर्सि भाइटीका र आइतबार छठ पर्वको दिन बन्द हुनेछ ।

दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘भाइटीकाको अवसरमा मिति २०७९ कात्तिक १० गते बिहीबार र छठ पर्वको अवसरमा २०७९ कात्तिक १३ गते आइतबार राजदूतावास बन्द रहने व्यहोरा सबैलाई जानकारी गराइन्छ ।’

तर कात्तिक १४ गते सोमबारदेखि साविककै समयमा दूतावास खुल्ने जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु