IRD-4

काठमाडौं । आर्थिक वर्ष २०७१/०७२ पुस मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा करिव १४.७३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७१/०७२ को पुस महिना सम्मको लक्ष्य रु. ७५ अर्व ६३ करोड ५५ लाख २९ हजार रहेकोमा रु. ७२ अर्व ४१ करोड ४१ लाख ४७ हजार संकलन भई लक्ष्यको तुलनामा ९६ प्रतिशतको प्रगति भएको छ ।

शिर्षकगत रूपमा हेर्दा आयकर रु. ३९ अर्व ३१ करोड, मूल्य अभिवृद्धि कर रु. १८ अर्व ९७ करोड र अन्तःशुल्क रु. १३ अर्व ५० करोड संकलन भएको छ ।

IRD-2

सो रकम निर्धारित लक्ष्यको तुलनामा आयकर तर्फ ९६.६८ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ ९७.७६ प्रतिशत र अन्तशुल्क तर्फ ९०.२३ प्रतिशत हो । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु. २६ करोड र रु. ३४ करोड संकलन भएको छ ।

यसरी शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९२.२२ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ११५.३९ प्रतिशत संकलन भएको छ ।

गत वर्षको तुलनामा आयकर तर्फको वृद्धिदर १४.७९ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फको वृद्धिदर १७.४२ प्रतिशत, अन्तशुल्कतर्फ वृद्धिदर १०.८५ प्रतिशत, स्वास्थ्य सेवा कर तर्फको वृद्धिदर ३३.०४ प्रतिशत र शिक्षा सेवा शुल्क तर्फको वृद्धिदर ३.९२ प्रतिशत रहेको जनाइएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले राजस्व संकलनलाई उच्च प्राथमिकता दिई माघ महिनासम्मको राजस्व संकलनको लक्ष्य हासिल गर्ने, कर परीक्षण र अनुसन्धान कार्यलाई गुणात्मक रुपमा यथा समयमै सम्पन्न गर्ने, श्रोतमा गरिने करकट्टीको रकम समयमै कार्यालयमा दाखिला गर्न अनुगमन गर्ने तर्फ विशेष ध्यान दिनेलगायतका विषयमा जोड दिएका थिए ।

IRD-3

बील विजक लिने दिने अवस्थाको लागि बजार अनुगमनलाई तिव्रता दिन आग्रह गर्दै करदाताले राज्यलाई बुझाउनु पर्ने बक्यौता ठूलो मात्रामा रहेकाले त्यसलाई उठाउने तर्फ थप पहल गर्न जरुरी रहेको महानिर्देशक शर्माको भनाई थियो ।

कार्यालयगत बेरुजु सम्परीक्षण गराई शून्य बनाउने तर्फ केन्द्रित हुन निर्देशन दि“दै अनुशासित, मर्यादित भएर कार्य सम्पादन गर्न निर्देशन दिए ।

राजस्व संकलनलाई उच्च प्राथमिकता दिई लक्ष्य हासिल गर्न, रु १ लाखभन्दा बढी बक्यौता राख्ने करदाताहरूको अभिलेख अद्यावधिक गरी कानुनी कारवाही गर्नु पर्ने भए सो समेत गरी असुल गर्न मातहतका प्रमुख कर प्रशासकहरुलाई शर्माको निर्देशन थियो ।
मूल्य अभिवृद्धि कर ऐनअनुसार क्रेडिट दावी गर्न पाउने तर अन्तशुल्क ऐन बमोजिम दावी गर्न नपाउने क्रेडिट तर्फ पनि विशेष ध्यान दिई कार्य सम्पादन गर्नुपर्ने उपमहानिर्देशक राममणि दुवाडीको जोड छ ।

Sector wise Revenue Collection (upto 2071 M9)
Sector Target (Rs bn) Collection (Rs. bn) Achievement (%) Growth Rate (%)
Income Tax 34.27 35.00 102 16.07
Rental Income Tax 2.65 1.30 49 15.13
Interest Income Tax 3.73 3.01 80.66 1.58
Total Income Tax 40.66 39.31 96.68 14.79
VAT (domestic) 19.41 18.97 97.76 17.42
Excise (domestic) 14.97 13.50 90.23 10.85
Education Service Fee 0.29 0.26 92.22 3.92
Health Service Tax 0.29 0.34 115.39 33.04
Grand Total 75.63 72.41 95.75 14.73

उपमहानिर्देशक अर्जुनप्रसाद पोख्रेलले विभागको समग्र लक्ष्य पूरा नभएको कारण पत्ता लगाउ“दै त्यसमा सुधार गरी राजस्व संकलन लक्ष्य पूरा गर्ने तर्फ कार्यालयहरु जुझारु रुपमा लाग्नु पर्ने धारणा राखे ।

बजार अनुगमनलाई तीव्रता दिन र सफलता प्राप्त गरेका कार्यालयहरुबाट सिक्न पनि उनको आग्रह छ ।

यसैगरी उपमहानिर्देशक चन्द्रकला पौडेलले गोदावरी घोषणा पत्रमा ५ अर्व बक्यौता संकलन गर्ने प्रतिवद्धता गरिएकोले तदनुरुप संकलन गर्न, घरबहाल कर बढी भन्दा बढी संकलन गर्न कर प्रशासन सक्रिय हुनुपर्ने लगायत राजस्व संकलनको विगत र वर्तमानको अनुपातको वारेमा समिक्षा गरेका थिए ।

IRD-1

सम्बन्धित खबरहरु