काठमाडौं । नागार्जुन नगरपालिका-७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्ट प्रा।लि।भित्र जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ३१ वर्षीय सुरेन्द्र बिष्ट समेत १८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८२ हजार ५ सय ९५ रूपैयाँ, १५ बुक तास र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी
भक्तपुर । सूर्यविनायक नगरपालिका(४ हर्षचोक बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका-७ घर भएका ३८ वर्षीय जुगल दास दंगालको गाई फर्मबाट नगद, सुनको गरगहना लगायत अन्य सरसामान गरी करिब ४ लाख ७३ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु