काठमाडौं । हामी पृथ्वीमा बस्ने मानिसहरूले सूर्यलाई आगो बलेको गोला सम्झन्छौं ।
भनिन्छ कि यसको नजिक जो कोही आउँदा खरानीमा परिणत हुन्छ । तर यस पृथ्वीमा जीवन हुनुको सबैभन्दा ठूलो कारण सूर्य हो भन्नेमा कुनै फरक मत छैन । यदि सूर्य नभएको भए यो संसार हुने थिएन ।
हामी लगभग हरेक बिहान र साँझ सूर्यलाई हेर्छौं । हामीले यसको विभिन्न रूपहरू सधैं देख्न पाउँछौं । तर तपाईंले सूर्य मुस्कुराएको देख्नुभएको छ ? सायदै देख्नु भएको छैन् । तर पहिलो पटक नासाको स्याटेलाइटले सूर्यको एक दुर्लभ तस्बिर जारी गरेको छ । यो साता सूर्यको मुड राम्रो देखिन्छ ।
कम्तिमा नासाको यो तस्बिरमा त्यस्तो देखिन्छ । यो तस्बिरर बिहीबार बिहान नासाको स्याटेलाइटले लिएको हो । तस्बिर सेयर गर्दै नासाले लेख्यो, ‘आज नासाको सोलार डाइनामिक्स अब्जर्भेटरीले सूर्यलाई ‘मुस्कुराएको’ क्यामेरामा कैद गर्यो ।
पराबैंगनी प्रकाशमा देखिने, सूर्यमा यी कालो धब्बाहरूलाई कोरोनल होल भनिन्छ । यी ती क्षेत्रहरू हुन्, जहाँ तीव्र सौर्य हावाहरू अन्तरिक्षमा बग्छन् ।’ यो तस्बिरलाई ध्यान दिएर हेर्दा सूर्य हामीलाई हेरेर मुस्कुराइरहेको देखिन्छ ।
नासाको सोलार डाइनामिक्स अब्जर्भेटरीबाट लिइएको यो तस्बिरलाई हेर्दा उनको दुईवटा कालो आँखा, गोलो नाक र खुसी मुस्कान देखिन्छ । सोलार डाइनामिक्स अब्जर्भेटरीद्वारा २०१० मा सुरु गरिएको थियो ।
त्यसयता यो अन्तरिक्षमा घुमिरहेको छ, सूर्यको गतिमाथि नजर राखिरहेको छ । यो अन्तरिक्ष मौसम अध्ययन गर्न र ताराहरूको चमक र विस्फोट ट्र्याक गर्न प्रयोग हुन्छ ।