काठमाडौं । परदेस, सहर जस्ता धेरै चर्चित फिल्ममा काम गरिसकेकी अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरसँग लड्दै छिन् । अनुपम खेरले सामाजिक सञ्जालमा महिमाको एक भिडियो सेयर गर्दै यसबारे जानकारी दिएका थिए ।

यस भिडियोमा महिमा भन्छिन्, ‘ममा कुनै लक्षण थिएन । म हरेक वर्ष मेरो नियमित परीक्षण गर्थें। यही क्रममा मैले मेरो स्तन परीक्षण गराउनुपर्ने सल्लाह पाएँ । यो सुन्ने बित्तिकै म कसैलाई साथ नलिई डाक्टरकहाँ गएँ । त्यहाँ डाक्टरहरूले मेरो जाँच गरे र मलाई स्तन क्यान्सर भएको थाहा भयो। महिमाले यो भिडियोमा अरू धेरै कुरा पनि भनिन्, जुन तपाईहरुका लागि शिक्षा हुनसक्छ, पढ्नुहोस्।

सबैले भन्दै थिए खुशी होउ कमसेकम छिट्टै त थाहा भयो, किन रोएको ? तर क्यान्सर भन्ने शब्द सुन्दा डर लाग्छ । यही कारणले गर्दा मैले यो कुरा मेरा आमाबुबासँग पनि सेयर गरिनँ ।

म उनीहरूसँगै बस्छु। आमालाई मेरो स्तनमा गाँठो भएको भन्दै मैले विगत १० दिनदेखि आमालाई भेट्न नआएको बताए । यो सुन्दा उहाँको रक्तचाप डिस्टर्ब भयो । उहाँलाई अस्पताल लैजानुपर्ने भयो महिमाले विगत सम्झिइन् ।

महिमाले महिलालाई के सन्देश दिइन्
महिलाहरुबाट सिकेको छु । केमोका लागि आएका महिलाहरु सिधै काममा जान लागेको बताउँथे । मैले उनीहरुलाई पनि सोधेँ कि तिम्रो कम्पनीले विदा दिँदैन ? तर उनीहरु केहीले मलाई भनेका थिए कम्पनीले नै निकालिदियो । अब उनी केवल सामान्य जीवन चाहन्छिन् त्यसैले उनी काम गर्न जाँदैछिन्। यस भिडियोको सुरुमा अनुपम खेरले महिमालाई प्रश्न गर्छन् र यसै क्रममा महिमाले आफ्ना अनुभव पनि सेयर गर्छिन् ।

जब मेरो कपाल झर्यो, मलाई संयोगवश धेरै कलहरू आउन थाले। यी कलहरू वेब सिरिजमा भूमिकाका लागि पनि थिए।

मैले सेटमा विग लगाएर आउन सक्छु कि भनेर सोधेँ, जसमा तपाईंले (अनुपम खेर) सोध्नुभयो कि तपाईं किन विग लगाएर आउनुहुन्छ ? त्यसपछि मात्र कुरा खोलियो । अनुपम खेरले थाहा पाए त्यसपछि सबैतिर हल्ला भयो ।

महिमा चौधरी भन्छिन् परिवारबाट पाए
परिवारबाट पाएको सहयोगबारे महिमा भन्छिन्, ‘मेरो परिवारमा सबै साहसी छन्, म त्यस्तो थिइनँ । म सधैं रोइरहन्थें । त्यसपछि मैले एउटा सानो बच्चालाई भेटें। मैले उनको आवाज सुने र उनले मलाई बल दिए ।

मैले उनलाई केमोको समयमा देखेँ र मैले उनीसँग कुरा गर्ने प्रयास गरें। मैले भने, तिम्रो औषधि यति धेरै र मेरो औषधिपनि यति धेरै। उसले मलाई भन्यो, यही औषधिले हामी राम्रो बनाउँछ। एउटा बालक जसलाई क्यान्सर भएको छ तरपनि उनी औषधिले ठिक हुनेमा विश्वास गर्छन् भने मैले किन नगर्ने । उनको बोलीले मलाई आत्माविश्वास बढायो ।

महिमाले भनिन्, ‘मैले उनलाई धेरै दुखेको कुरा बताएकी छु । म सुतेँ। उसले भन्यो– म पाँच दिन मात्र सुत्छु । त्यसपछि खेल्छु । त्यो सुनेपछि मलाईपनि अब म चाँडै काममा फर्किन सक्छु भन्ने महसुस भयो । त्यसमा अनुपम खेरले महिमाका लागि भने– तिमी मेरो हिरो हौ ।

महिमा चौधरीको करियर लुक

महिमाले आफ्नो करियर सुभाष घईको फिल्म परदेसबाट सुरु गरेकी थिइन् । यो फिल्म १९९७ मा रिलीज भएको थियो।
महिमाले फिल्म परदेसका लागि फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् ।
महिमा चौधरीले दिल के करे, दाग, धडकन, कुरुक्षेत्र, दिल है तुम्हारा, लज्जा, तेरे नाम, ओम जय जगदीश हरे जस्ता धेरै फिल्ममा काम गरिसकेकी छिन् ।

महिमा केही फिल्ममा सानो भूमिकामा पनि देखिएकी छिन् । उदाहरणका लागि बागबान र एलओसीमा उनको बाल कलाकारको भूमिका रहेको छ । महिमाको जन्म सन् १९७३ मा बंगालमा भएको थियो । महिमाको बाल्यकाल दार्जिलिङमा बित्यो । महिमा सुरुमा बंगाली फिल्म मात्र गर्न चाहन्थिन् । महिमाले सन् २००६ मा विवाह गरिन् तर २०१३ मा पति बबी मुखर्जीसँगको सम्बन्ध टुट्यो ।

 

सम्बन्धित खबरहरु