काठमाडौं । एप्पलले आफ्नो नयाँ संस्करणको आइफोन १५ मा युएसबी टाइप सी चार्जिङ पोर्ट दिने भएको छ। बेलायती वेबसाइट स्काई न्युजका अनुसार एप्पलका कार्यकारी ग्रेग जोसविकले उक्त घोषणा गरेका हुन्।

हालै युरोपेली संघले सन् २०२४ सम्म सबै स्मार्टफोन निर्माता कम्पनीहरूले आफ्नो उपकरणमा अनिवार्य रूपमा युएसबी सी पोर्ट राख्नुपर्ने कानून पारित गरेको थियो। सोही कानूनअनुसार एप्पलले नयाँ संस्करणका आइफोनमा चार्जिङ पोर्ट टाइप सी बनाउने घोषणा गरेको हो।

एप्पलका स्मार्टफोनहरूमा यसभन्दा अघिसम्म लाइटनिङ पोर्ट थिए। टाइप सी चार्जिङ पोर्ट भएसँगै आइफोन पनि अन्य एनड्रोइड फोनका चार्जरले चार्ज गर्न मिल्छ।

युरोपेली संघले मानकीकरण गरेर विद्युतीय फोहोर कम गर्ने र उपभोक्ताहरूलाई समेत सहज बनाउने लक्ष्य राखेको छ। तर एप्पल भने उक्त निर्णय र तर्कमा सन्तुष्ट छैन।

एप्पलका अनुसार नयाँ संस्करणका आइफोनमा युएसबी टाइप सी पोर्ट राख्ने बित्तिकै यसले थप विद्युतीय फोहोर बढाउने छ। किनभने हाल लाइटनिङ केबल प्रयोग भएका आइफोन प्रयोगकर्ताले नयाँ चार्जर खरिद गर्न सक्दैनन्। र, चार्जिङ पोर्ट बिग्रिएको वा चार्जर बिग्रिएको खण्डमा नयाँ फोन खरिद गर्नु बाहेक विकल्प हुँदैन।

 

सम्बन्धित खबरहरु