फेरी घट्यो पेट्रोलियम पदार्थको मूल्य

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १९ माघ, २०७१

noc-ho_20140202053206
९ माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी घटाएको छ । सोमबार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा मूल्य घटाइएको हो ।

नयाँ मूल्य सोमबार राति १२ बजेदेखि नै लागू हुने छ ।
मूल्य समायोजनपछि पेट्रोल एक लिटरको १ सय ९ रुपैयाँ पर्ने छ । यस्तै डिजेल र मट्टितेलको ८६ रुपैयाँ ५० पैसा पर्ने छ ।

अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा हुने घटबढको आधारमा आयल निगमले नेपालमा पनि मूल्य समायोजन गर्दछ ।

भारतीय आयल निगमबाट आएको नयाँ मूल्य सूची अनुसार मूल्य समायोजन गरिएको  निगमले जनाएको छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७