काठमाडौं । मानिसहरुमा पहिलोपटक यौन सम्पर्क गर्दा धेरै प्रकारका कौतुहलता र जिज्ञासा हुन्छन् ।

यौन सम्पर्क गर्दा विभिन्न कुराहरु जानकारी नहुँदा अनेक समस्या पर्ने हुँदा जान्ने इच्छा हुनु सामान्य कुरा हो । पहिलो पटक यौन सम्पर्क गर्दा चरम उत्कर्षको आश राख्नु हुँदैन ।

उक्त समयमा एक अर्काको शरीरको आवश्यकताबारे जानकारी लिनुपर्छ । महिलाले पहिलो पटक यौन सम्पर्क गर्दा आफनो साथीलाई खु:शी राख्नका लागि झुटो चरम उत्कर्षको कुरा गर्नु हुँदैन् ।

आफू पहिलो पटक सम्पर्क गर्न लागेको कुरा आफ्नो साथीलाई बताउनुपर्छ । महिलाहरु यसबारे कुरा गर्दा लजाउने गर्दछन् । उनीहरु लजाएको क्रममा साथीले भन्ला भनेर बस्नु हुँदैन् । यदि भनेन भने पहिलो भेट खिन्न हुन सक्छ । कतिपयले महिला वा पुरुषले पहिलो पटक यौन सम्पर्क गर्दा फोहोरी कुरा गर्नु पर्ने बताउँछन् तर यो सत्य होइन ।

पहिलोपटक सम्बन्ध कायम गर्दा पीडा पनि हुन सक्छ । तर पीडा लामो समय रहँदैन् । महिलाहरु यौन सम्पर्क गर्दा विभिन्न आवाजहरु निकाल्ने गर्छन् ।

यौन सम्बन्ध राख्दा आवाज निकाल्नुलाई धेरैले नाटक भन्छन् भने कतिले आनन्द लिइरहेको संकेत भन्छन् । महिला र पुरुषको अङ्ग लचकदार हुनुपर्छ । सम्भोग धेरै गर्दा क्षमता बढ्ने वा घट्ने कुरा सत्य होईन् । त्यसबेला कसरत गर्दा राम्रो हुन्छ ।

 

सम्बन्धित खबरहरु