काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत UN Mission हरुमा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेको छ ।

सोही क्रममा, मिति २०७९ कार्तिक १४ गते UNITED NATIONS MISSION IN SOUTH SUDAN (UNMISS), दक्षिण सुडानमा तैनाथ श्री हाई रेडिनेश गुल्म (शान्ति सेना) पाचौं डफ्फालाई बदली गर्नको लागि श्री हाई रेडिनेश गुल्म (शान्ति सेना) छैठौं डफ्फाको १५० जना नेपाली शान्ति सैनिकहरु प्रमुख सेनानी नवराज थापा मगरको नेतृत्वमा UN Chartered Flight (Ethiopian Airlines) मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

साथै, उक्त मिशनमा तैनाथ श्री हाई रेडिनेश गुल्म (शान्ति सेना) पाचौं डफ्फाको १३२ जना नेपाली शान्ति सैनिकहरु सेनानी सुजित श्रेष्ठको नेतृत्वमा मिति २०७९ कार्तिक १४ गते नै स्वदेश आगमन भएको समेत जानकारी गराईन्छ ।

[caption id="attachment_419623" align="alignnone" width="871"] [/caption]

वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने
काठमाडौँको हनुमान ढोका दरबार वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको महिला उद्योग विकास समिति र बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आगामी कात्तिक १८ देखि २० गतेसम्म महिला उद्यमी हस्तकला मेला हुन लागेको हो ।

महासङ्घका निर्देशक ऋषिराज सुवेदीले महिला उद्यमी हस्तकला मेलामा प्राकृतिक रेशाका सामग्री, काष्ठकला, पत्थरकला, धातुकला, हातेकागज, फेल्ट, पश्मिनाका सामग्रीलगायतको सामग्री प्रदर्शन गरिने जानकारी दिनुभयो ।

महासङ्घको आयोजना तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा आगामी मङ्सिर २३ देखि २७ गतेसम्म होटल ह्यात बौद्धमा १९औँ हस्तकला व्यापार मेला तथा १७औँ कला प्रतियोगितासमेत हुने भएको छ ।

सम्बन्धित खबरहरु