काठमाडौं । क्यानडाले आगामी तीन वर्षमा १५ लाख आप्रवासीलाई पुनर्वास गर्ने योजना बनाएको छ ।

क्यानडाका प्रवासी मामिला मन्त्री सेन फ्रेजरले वर्क भिसा अनुमति र अन्य प्रक्रियालाई थप तीव्रता दिइने बताएका हुन् । क्यानडा सरकारको यो ठूलो निर्णयबाट ठूलो संख्यामा नेपालीहरूले फाइदा लिन सक्नेछन् ।

क्यानडामा, वर्तमान जनसंख्याको बढ्दो उमेर र बढ्दो सेवानिवृत्ति दरहरू चिन्ताको कारण बनिरहेको बेला मन्त्रीको यस्तो बयान आएको हो । यसबारे केही नगरे १०–१५ वर्षपछि देशको आर्थिक अवस्था बिग्रने क्यानाडा सरकारको अनुमान छ ।

विद्यालय र अस्पताल सुचारु रूपमा सञ्चालन गर्न कठिन हुने विश्वास गरिन्छ । एक हप्ता अघि, त्यहाँको जनगणना एजेन्सीले पाँच मध्ये एक क्यानेडियन अर्को देशबाट आएको आप्रवासी भएको बताएको थियो । देशका करिब ६० प्रतिशत जनतामा आप्रवासीप्रति सकारात्मक सोच पाइन्छ ।

सम्बन्धित खबरहरु