Susil koirala

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले सहमतीका लागि अनावश्यक दवाव नदिन अन्र्तराष्ट्रिय समुदायका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

सोमबार युरोपियन युनियनका कुटनितिज्ञहरुसँगको भेटमा प्रधानमन्त्री कोइरालाले सरकार र सत्तारुढ दलहरुले सबै मिल्ने सहमतिको प्रस्ताव राख्दा विपक्षीले नमानेकाले अब बारम्बार सहमतिको दावव नदिन आग्रह गरे । उनले भने, विपक्षी मोर्चासँग सहमति गर्न सरकार र सत्तापक्ष तयार रहेपनि बिपक्षी मोर्चाले नमानेका अब हदसम्मको प्रयास गर्न सकिदैन ।

सहमतिमा संविधान जारी गर्नका लागि आग्रह गर्न पुगेका युरोपियन युनियनका अधिकारीहरुलाई प्रधानमन्त्रीले अनावश्यक दवाव नदिन आग्रह गरेकोे उनका विदेश सल्लाहकार दिनेश भट्टराइले जानकारी दिए ।

आफुहरु लोकतान्त्रिक मुल्य मान्यता अंगिकार गर्दै समावेशी संविधान जारी गर्न लागेकाले कसैलाई पनि नपेल्ने प्रस्ट पार्दै प्रधानमन्त्रीले बरु विपक्षी मोर्चाका नेताहरुलाई समहति गर्न आग्रह गरिदिन भनेका थिए ।

शान्ति प्रक्रियामा इयुको महत्वपुर्ण सहयोग रहेको र अब विकास निर्माणमा पनि सहयोग गर्न आग्रह गर्दै संविधान लेखनमा अनावश्यक दवाव नदिन आग्रह गरेको भट्टराईले बताए ।

सम्बन्धित खबरहरु