काठमाडौं । गर्भधारण महिलाको अण्डा र पुरुषको शुक्रकीट मिलन भई बस्ने गर्दछ । कतिपय अवस्थामा गर्भधारण नचाहेको अबस्थामा पनि हुन्छ भने कहिले चाहे पनि बस्दैन् ।

गर्भ नहुनुमा पुरुषमा शुक्रकीट कम निस्कनु, उत्पादन भएको पनि निस्क्रिय हुनु र प्रजनन अंगका समस्याहरु कारण हुन्छन् । महिलाको हकमा अण्डाको उत्पादन नहुनु, पाठेघरसँग सम्बन्धित रोग हुनु जस्ता धेरै कारण हुन्छन्, जसकारण गर्भ रहँदैन् ।

सामान्यतया: महिलाहरुको महिनावारी चक्र २८ दिनको त कसैको ३५ दिनको हुन्छ । महिलाहरुको १४ देखि १८ दिन सम्म अण्डा निष्काशन हुने गर्दछ । सबै अण्डाहरु निस्किएको २४ घण्टा सम्म मात्र बाँच्छन् ।

सो २४ घण्टाभित्र महिलाले पुरुषसँग सहवास गरेर शुक्रकीटसँग ओभनको मिलन भयो भने गर्भ बस्छ । महिनाबारी भएको १० दिनबाट २० दिन सम्म गर्भ रहने सम्भावना ९९ प्रतिशत हुन्छ ।

२० दिनपछि गर्भ रहने सम्भावना ९० प्रतिशत रहने गर्दछ । त्यसकारण गर्भवती बन्नका लागि महिनावारी भएको ११ दिन देखि २० दिन सम्म वीर्यसँग अण्डाको मिलन आवश्यक छ ।

सो शुक्रकीट ७२ घण्टासम्म बाच्ने गर्दछ, अण्डा २४ घण्टा सम्म बाँच्ने गर्दछ । सोहीकारण गर्भवती हुनका लागि यौनसम्पर्क राखेर मात्रै हुँदैन् ।

 

सम्बन्धित खबरहरु