काठमाडौं । एनएमबि बैंक लिमिटेडले ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन USAID ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ ।

यस सहकार्य अन्तर्गत बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायहरु (MSMEs) को लागि वित्तीय पहुँच बढाउने छ । यस सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायलाई ऐक्यबद्घ हुन प्रवद्र्र्घ्न गर्नेछ ।

USAID ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रुपले पिछडिएकाहरुको लागी दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरू बढाउनको लागि विश्वव्यापी पूँजीकरण एकिर्कत गर्न सक्षम बनाउँछ र स्थिरतामा सघाउ पु¥उयाउँदछ ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

सम्बन्धित खबरहरु