काठमाडौं । के तपाईलाई थाहा छ यौनसम्पर्कका क्रममा पुरुषले महिलाबाट सबैभन्दा बढी के चाहन्छन् ?

त्यो के हो भने यौनका लागि महिलाहरुले शुरुवात गरुन् । पुरुषहरू वास्तवमा आफ्नो महिला साथीले यौनसम्पर्कका लागि पहिलो कदम चालेको हेर्न चाहन्छन् ।

पुरुषहरूले यौनसम्बन्ध सुरु गर्नका लागि सबै गर्छन् । यौनका लागि पुरुषले सधैं पहिलो कदम चाल्छन् भन्ने आम मान्यता रहेको छ । उनीहरुले आफ्नो महिला साथीलाई यौनसम्पर्कका तायार गर्न छुने, चुम्नेजस्ता कार्य गर्छन् । लामो प्रयासपछि महिला यौनसम्पर्कका लागि तयार हुन्छिन् ।

तर अब कुराहरू परिवर्तन भएका छन् । ती दिनहरू गए जब महिलाहरू लजालु स्वभावका हुन्थे, आफ्नो केटा साथी यौनका लागि अगाडि बढोस् भन्दै कुर्थे । अहिले महिलाहरु पनि खुलेर आफ्नो यौन इच्छा व्यक्त गर्छन् । महिलाहरु पुरुषका अगाडि यौनसम्पर्कका लागि पहल गर्छन् ।

एक अनुसन्धानमा हालै रोचक खुलासा भएको छ । यस अनुसन्धानमा एउटा अचम्मको खुलासा भएको छ । जब महिलाहरुले यसको सुरुवात गर्छन तब दम्पतीहरु लामो समयसम्म यौनसम्पर्क गर्छन् ।

अध्ययन के भन्छ ?
नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (एनटीएनयू) का शोधकर्ताहरूले करिब ९२ जोडीहरूमा यो अनुसन्धान गरेका हुन् । अनुसन्धानका लागि १९ देखि ३० वर्ष उमेर समूहका जोडीलाई छनोट गरिएको थियो । यी जोडी एक महिनादेखि नौ वर्षसम्म सँगै बस्दै आएका थिए ।

अनुसन्धानका अनुसार यी जोडीहरू हप्तामा दुईदेखि तीन पटक यौनसम्पर्क गर्ने गर्दथे । यी जोडीहरूको अनुभव अनुसार महिला साथीले पहिले यौनसम्पर्क सुरुवात गरेपछि पहिलेभन्दा लामो समयसम्म यौनसम्पर्क राख्न सफल भए ।

महिलाहरुको सरप्राइज सेक्स चाह
अनुसन्धानका अनुसार यदि महिलाहरु पुरुषप्रति आकर्षित भइन् भने उनीहरु पहिले त्यसो गर्नबाट पछि हट्दैनन् । यस अनुसन्धानमा एउटा रोचक कुरा पनि बाहिर आएको छ । अधिकांश महिलाहरुको सरप्राइज सेक्सतर्फ बढी झुकाव हुन्छ ।

यस प्रकारको यौनसम्पर्कमा महिलाहरु उत्तेजित भएर सन्तुष्ट हुन्छन् । तर, सम्बन्धमा अचानक झगडा वा बोलचाल भएन भने महिलालाई सम्बन्ध राख्न मन पर्दैन । अनौपचारिक सम्बन्धमा महिलाहरूलाई यौन सुरुवात गर्न अधिक स्वतन्त्रता हुन्छ ।

पुरुषलाई महिला साथीको अभिनय मनपर्छ
जब महिलाले यौनसम्पर्कमा आफ्नो मनपर्ने काम गर्छिन्, यसले उनीहरूको आत्मविश्वास बढाउँछ । साथै पुरुषहरूलाई पनि त्यो कुरा मनपर्छ । धेरैजसो पुरुषहरु सम्पर्कको समयमा सुत्न रुचाउँछन् ।

उनीहरु आफ्नो महिला साथीले जे चाह्यो त्यहीँ गरून् भन्ने चाहन्छन् । पुरुषहरु आफ्नो महिला साथी यौनसम्पर्कको समयमा शीर्ष स्थानमा रहिरहोस् र आफूमाथि हावी होस् भन्ने चाहन्छन् । अध्ययनले यौनसम्बन्ध राख्दा दुबैले एक अर्काको प्रशंसा सुन्न रुचाउँने देखाएको छ ।

 

सम्बन्धित खबरहरु