काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान तेहरिक इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानमाथि बिहीबार साँझ पञ्जाब प्रान्तको गुजरानवालामा आक्रमण गरिएको हो ।

यस हमलामा उनलाई गोली लागेको थियो । उनको लाहोरमा उपचार भइरहेको छ । उनलाई शौकत खानम मेमोरियल क्यान्सर अस्पतालमा राखेर उपचार हुँदैछ ।

शुक्रबार बिहान अस्पतालमा उनलाई भेट्न आएका पीटीआईका सिनेटर फैसल जावेदले इमरान खानको शल्यक्रिया सफल भएको बताएका छन् । खान पहिलेभन्दा अहिले निको भएका छन् । फैसल जावेदले ट्वीट गर्दै भनेका छन्, ‘मैले इमरान खानलाई भेटेको छु ।

उनको शल्यक्रिया गरिएको छ र अहिले उनी स्वस्थ छन् । उनले आफ्नो देशको लागि अन्तिम साससम्म लड्ने सन्देश दिएका छन् ।’ बिहीबार साँझ भएको यस हमलामा पीटीआई नेता फैसल जावेद आफैं घाइते भएका छन् ।

यसअघि लाहोरको शौकत खानम अस्पताल बाहिर फैसल जावेदले पत्रकारहरूलाई भनेका थिए, ‘यो इमरान खानलाई मार्ने प्रयास थियो । अल्लाहले इमरान खानलाई स्वस्थ राखून् ।

आक्रमणमा मारिएका पीटीआई कार्यकर्ताको आत्माले शान्ति पाओस् र उच्च पदोन्नति होस् । स्वर्गमा ठाउँ लिनुहोस् ।’ फैसल जावेदका अनुसार इमरान खानले शुक्रबार बैठक बोलाएका छन्, जसमा उनले आगामी रणनीतिबारे छलफल गर्नेछन् ।

 

सम्बन्धित खबरहरु