kp-oli-in

१९ माघ, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  एकीकृत नेकपा माओवादीले आफूलाई नसच्याए पतन भएर जाने दावी गरेका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय परिषद् बैठकलाई सोमबार पोखरामा उद्घाटन गर्दै ओलीले भने, माओवादी सुध्रिएन भने आगामी निर्वाचनमा दुई–चार सिट सिमित हुन्छन् यो चेतजानी भयो ।

‘आफूले भनेको कुरा मात्रै सहमति हो भन्ने ठान्ने एमाओवादीले आफूलाई नसच्चाए अर्को चुनावमा दुई–चार सिट ल्याउन पनि गाह्रो हुने उनको भनाई थियो ।

क्रान्ति जनताको अग्रगामी हितका लागि हुनुपर्ने भन्दै ओलीले जालझेल, तिकडम र उत्पात मच्चाउने काम त्याग्न एमाओवादीलाई सुझाव दिए ।

अर्को एक प्रशंगमा अध्यक्ष ओलीले जातीय आधारमा संघीयतामा गए नेपालले रुवान्डा, सुडान र नाइजेरियाको जस्तो नियती भोग्नुपर्ने बताए । उनले जातीय प्रदेश बनाउनुपर्छ भन्नेहरुले देशमा युद्ध निम्ताउन खोजेको टिप्पणी समेत गरे ।

दोस्रो संविधानसभालाई असफल हुन नदिइने र संविधानसभाबाटै नयाँ संविधान जारी गरी छाड्ने ओलीले दृढता व्यक्त गरे । उनले नयाँ संविधान जारी गर्न नेपाली काँग्रेसलगायत अन्य शक्तिसँग एकताबद्ध भएर अघि बढ्ने बताए ।

सम्बन्धित खबरहरु