काठमाडौं । नेपालमा रोजगारीको राम्रो अवसर नहुँदा आज पनि धेरै नेपालीहरु बैदेशिक राजगारीमा जान बाध्य छन् ।

यसबीच साउदी अरेबिया सरकारले नेपालले गरेको सबै अपिल खारेज गर्दै एक नेपाली कामदारलाई घाँटी रेटेर मृत्युदण्डको सजाय दिएको छ । नेपाली कामदार विवेक दाहाललाई हत्या र निर्ममतामा दोषी ठहर गरिएको हो ।

विवेक दाहाल नेपालको उदयपुर जिल्लाका बासिन्दा थिए । उनी सन् २०१४ देखि साउदी अरेबियाको जेलमा बन्द थिए । उनलाई हालै जुबैल कारागार लगिएको थियो, त्यहाँ उनको घाँटी रेटेर मृत्युदण्ड दिइएको हो ।

साउदी अरबका लागि नेपाली राजदूतले यो क्रूर सजायको पुष्टि गरेका छन् । राजदूत नवराज सुवेदीले दाहाललाई २३ अक्टोबरमा फाँसी दिइएको बताए । साउदी अरेबियाको रवैया यस्तो थियो कि नेपाललाई आफ्ना नागरिकलाई मृत्युदण्ड दिइँदैछ भन्ने जानकारीसमेत दिइएन् ।

साउदी अरेबियामा मृत्युदण्डलाई निकै क्रूर तरिकाले दिइन्छ । नियम अनुसार अपराधीको घाँटी तरवारले काटिन्छ । यति मात्र होइन, कहिलेकाहीँ अपराधीको घाँटी काटेर शव झुण्ड्याइन्छ । यो क्रूर घटनाको जानकारी पाएपछि नेपाल आक्रोशित बनेको छ ।

नेपालले साउदी अरबका राजदूतलाई बोलायो । परराष्ट्र सचिव भरतराज पौड्यालले मङ्गलबार साउदी राजदूतलाई बोलाएर बारम्बार माफीको अपिल अस्वीकार गरेको भन्दै नेपाल सरकारको तर्फबाट कडा आपत्ति जनाउनुभयो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘विदेशमा कुनै पनि नेपालीलाई फाँसी दिइँदा त्यो घटनाप्रति आपत्ति जनाउनु हाम्रो कर्तव्य हो ।’ यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई शाही माफी दिन साउदी अरबका राजा सलमानसँग अपिल गर्नुभएको थियो ।

साउदी राजा हाल बिरामी छन्, उनको ठाउँ राजकुमार मोहम्मद बिन सलमानले सम्हालेका छन् । नेपालका परराष्ट्रमन्त्रीले पनि दाहाललाई माफी दिन साउदी अरबका विदेशमन्त्रीलाई आग्रह गरेका थिए ।

राजदूत सुवेदीले भन्नुभयो, ‘हाम्रो तर्फबाट पटक–पटक अपिल गर्दा पनि साउदी सरकारले दाहाललाई मृत्युदण्ड दिएको हो । यो धेरै दु:खको कुरा हो । दाहालको घाँटी काट्नुअघि उनीहरूले हामीलाई जानकारीसमेत दिएनन् । यो जानकारी हामीलाई मृत्युदण्ड सजायको दुई दिन पछि दिइएको थियो ।

त्यसपछि घटनाको जानकारी पायौं ।’ उनले दाहालका साउदीमा काम गर्ने केही आफन्तलाई घटनाबारे पहिल्यै थाहा भएको बताउनुभयो । सुवेदीले दाहालकी बुढी आमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले सक्दो प्रयास र्यौँ तर असफल भयौं ।’ साउदी कानून अनुसार दाहालको अपराध धेरै गम्भीर थियो । दाहालले आफूसँगै कार्यरत राजेन्द्र विष्टको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । यति मात्र होइन, एक सुडानी नागरिकलाई अन्धो बनाइए । अर्का एक नेपाली स्थायी रुपमा अपाङ्ग भएका छन् ।

 

सम्बन्धित खबरहरु