काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्ड प्रहरीले चार वर्षअघि भागेका एक भारतीयलाई खोज्दैछ ।

अष्ट्रेलियाली महिलालाई समुद्र तटमा मारेर भारत भागेका एक भारतीय चिकित्सा सहायक (पुरुष नर्स) लाई समात्न सहयोग गर्नेलाई ठूलो पुरस्कारको घोषणा गरेको छ ।

प्रहरीले राजविन्दर सिंहलाई पक्राउ गर्नेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको हो । अक्टोबर २०१८ मा केर्न्सबाट ४० किलोमिटर टाढा रहेको वाङ्गेटी समुन्द्रमा आफ्नो कुकुरलाई लिएर हिँडिरहँदा २४ वर्षीया टोया कोर्डिङ्लीको हत्या भएको थियो ।

जानकारी अनुसार एनिसफेलमा काम गर्ने भारतीय चिकित्सा सहायक ३८ वर्षिय राजविन्दर सिंह यस घटनामा मुख्य आरोपी हुन् । कर्डिलीको हत्या भएको दुई दिनपछि उनले आफ्नी श्रीमती र तीन छोराछोरीलाई छोडेर अष्ट्रेलिया छोडेका थिए ।

क्विन्सल्याण्ड प्रहरीले सिंहलाई खोज्न सहयोग गर्ने नागरिकलाई अब १० लाख अष्ट्रेलियाली डलर दिने जनाएको छ । एजेन्सी अधिकारी सोनिया स्मिथका अनुसार यो एक अद्वितीय पुरस्कार हुनेछ ।

सोनियाले भनिन्, ‘हामीलाई थाहा छ कि सिंह केर्नबाट २२ अक्टोबरमा गएका थिए । सोही दिन टोयाको हत्या भएको थियो । सिंह यहाँबाट सिड्नी गए र अक्टोबर २३ मा भारत भागेका थिए ।

सिंहको भारतमा आगमन पुष्टि भएको छ । हामीले आज पुष्टि गरेका छौं कि सिंहको अन्तिम स्थान भारत थियो ।’ अहिले केर्नमा यो पूरै घटनाको अनुसन्धान भइरहेको छ ।

सोनियाले भनिन्, ‘यदि भारतको कुनै पनि नागरिकले आरोपी सिंहको बारेमा जानकारी दिएमा पुरस्कार दिइनेछ ।’ यो जानकारी व्हाट्सएप मार्फत दिन सकिन्छ ।

सम्बन्धित खबरहरु